अटल सौन्दर्यको पक्षमा
‘रजस्वलाको सुगन्ध’ निकै शक्तिशाली कविता हो । यसले सिंगो नारी समुदायको सपना र आवाजलाई प्रतिनिधित्व गरेको छ । प्रकृति र नारीबीचको सम्बन्ध र यसले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ ।
देश चुनावी माहौलमा होमिएको छ । अहिले विभिन्न दलका विभिन्न खाले प्रतिबद्धता र एजेन्डाहरु सुन्न पाईन्छ । यसको विपरित कपिलवस्तु नगरपालिकाको वडा नम्बर १२ सौराहामा भने बालविवाह मुक्त वडा घोषणा गर्ने अभियान तिब्र पारिएको छ ।
‘साथी कपिलवस्तु आस्था परियोजना’ र वडा नम्बर १२ कार्यालयको सहकार्यमा आगामी पौषको पहिलो साता वडालाई बालविवाह मुक्त घोषणा गर्ने कार्ययोजना अनुरुप अभियानलाई तिब्रता दिईएको हो ।
अभियानका क्रममा घरदैलो, पम्पलेट र माईकिंग लगायतका कार्य सम्पन्न गर्नुका साथै स्थानीय सूचक अनुसारको अध्ययन कार्य अगाडी बढाईएको परियोजनाको जिल्ला संयोजक खग प्रसाद चापागाईले जानकारी दिए ।
नेपाल सरकार र दिगो विकास लक्ष्यले समेत बालविवाह नियन्त्रणको कार्ययोजना अनुसार काम गरेको सन्दर्भमा सचेतना र कानुनी कारबाहीलाई तिब्रता दिई बालविवाह रोक्न अभियान प्रभावकारी बनाईने वडा अध्यक्ष ओम प्रकाश पाण्डेले बताए ।