दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
देश चुनावी माहौलमा होमिएको छ । अहिले विभिन्न दलका विभिन्न खाले प्रतिबद्धता र एजेन्डाहरु सुन्न पाईन्छ । यसको विपरित कपिलवस्तु नगरपालिकाको वडा नम्बर १२ सौराहामा भने बालविवाह मुक्त वडा घोषणा गर्ने अभियान तिब्र पारिएको छ ।
‘साथी कपिलवस्तु आस्था परियोजना’ र वडा नम्बर १२ कार्यालयको सहकार्यमा आगामी पौषको पहिलो साता वडालाई बालविवाह मुक्त घोषणा गर्ने कार्ययोजना अनुरुप अभियानलाई तिब्रता दिईएको हो ।
अभियानका क्रममा घरदैलो, पम्पलेट र माईकिंग लगायतका कार्य सम्पन्न गर्नुका साथै स्थानीय सूचक अनुसारको अध्ययन कार्य अगाडी बढाईएको परियोजनाको जिल्ला संयोजक खग प्रसाद चापागाईले जानकारी दिए ।
नेपाल सरकार र दिगो विकास लक्ष्यले समेत बालविवाह नियन्त्रणको कार्ययोजना अनुसार काम गरेको सन्दर्भमा सचेतना र कानुनी कारबाहीलाई तिब्रता दिई बालविवाह रोक्न अभियान प्रभावकारी बनाईने वडा अध्यक्ष ओम प्रकाश पाण्डेले बताए ।