अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।

बबहब
सन् २००२ देखि अभिभावकहरूको विश्वास जित्न सफल यो वेबसाइट सुखद् मातृत्व, महिला स्वास्थ्य तथा बालबालिकाको स्याहारसम्बन्धी जानकारीले भरिएको छ । यहाँ आमाहरूका लागि सार्वजनिक मञ्च पनि उपलब्ध छ । यसले गर्भधारणदेखि जीवनशैली परिवर्तनसम्मका कुरामा आमाहरूलाई सल्लाह दिन्छ ।
जस्टममिज
यो वेबसाइट नामजस्तै आमाका लागि मात्र होजहाँ मातृत्वका विभिन्न पक्षका जानकारी, सूचना, सल्लाह अनि विभिन्न औजारहरू छन्, जसले शिशुका साथै आफ्नो स्वास्थ्यका बारेमा जानकारी प्राप्त गर्न मद्दत गर्छन् । यसमा शिशु जन्माउने योजना, गर्भवती क्यालेन्डर, शिशुका नामको खोजी, शिशुको मासिक वृद्धि जान्ने उपाय आदि जानकारी राखिएको छ । यसमा शिशुलाई कसरी सुताउने, ख्वाउनेदेखि स्कुलको पढाइ अनि आफ्नो पारिवारिक जिन्दगी आदि सबै विषयमा सल्लाह
उपलब्ध छ ।
बेबीगागा
यो वेबसाइटले गर्भधारण र अभिभावकत्वलाई बढी जोड दिएको छ । यसको गर्भ पात्रोले गर्भधारणको पहिलो सातादेखि नै शिशुको वृद्धिदर कहिले कस्तो हुन्छ भन्ने जानकारी दिन्छ । गर्भका बारेमा सबै खालका सूचना दिने यो वेबसाइटले खानपिनका बारेमा समेत सल्लाह दिन्छ । यो साइटले शिशु जन्माइसकेपछि उनीहरूलाई पहिलो पटक घर लाँदादेखि टिनएजमा पुग्दासम्म कस्तो व्यवहार गर्ने भन्ने समेत सुझाव दिन्छ ।
बब्बली
यो वेबसाइटबाट मातृशिशु स्वास्थ्यका विभिन्न पक्षमा जानकारी प्राप्त गर्न सकिन्छ । यसले गर्भावस्थामा खानुपर्ने कुराहरू, पोषणदेखि लिएर मनोरञ्जनसम्मको सल्लाह दिन्छ । यसमा गर्भावस्थामा गर्नुपर्ने र गर्न नहुने कुराहरू, स्वास्थ्य, गर्भपात आदिका विषयसँगै परिवार, श्रीमान् तथा शिशुको हेरचाह, घर आदिका बारेमा समेत जानकारी दिन्छ । यसमा गर्भवतीका लागि सहयोगी र उपयोगी ब्लगहरू समेत उपलब्ध छन् ।
द बम्प
कार्यालयको हाकिमलाई आफू गर्भवती भएको कुरा कहिले भन्ने ? गर्भवती भएका बेला नङ पालिस लगाउन हुन्छ कि हुँदैन ?, कफी खान हुन्छ ? आमा बन्न लागेका महिलाहरूको मनमा उब्जने यस्ता प्रश्नको जवाफ नै यो वेबसाइटको सशक्त पक्ष हो । मातृत्वका लागि समर्पित यो वेबसाइटमा गर्भवती भएको कसरी जान्नेदेखि शिशुको नामकरण, हेरचाह, खाना, परिवार व्यवस्थापन, खेलौना आदि विविध विषयका जानकारी समेटिएको छ । शिशुको पढाइदेखि उसका लागि आवश्यक पर्ने साधनहरूको
खरिद कसरी गर्ने सबै जानकारी द बम्पमा उपलब्ध छ ।