रंगमञ्चदेखि रंगीन जीवनसम्म
‘प्रेम, सम्मान, विश्वास, आपसी समझदारी, एक–अर्काको अस्तित्व स्वीकारले दाम्पत्य जीवन सफल मात्रै होइन सुन्दर र खुसीयाली हुन्छ ।’
अक्टोबर १५ देखि २० सम्म फिलिपिन्सको मनिलामा संचालन हुने ‘मिस टुरिजम युनिभर्स २०१७’ को फाइनल प्रतिस्पर्धाका लागि चयन भएकी जानकी श्रेष्ठ मिस टुरिजम युनिभर्स नेपाल २०१७ का रुपमा हाल सो प्रतियोगिताको अन्य १८ मुलुकका प्रतिस्पर्धी सुन्दरीवीच फिलिपिन्समा रहेकी छिन् ।
सो प्रतियोगितामा नेपाल लगायत अर्जेन्टिना, बेल्जियम, साइप्रस, घाना, ग्रीस, भारत, केन्या, लेबनन, मोनाको, फिलिपिन्स, रोमानिया, रसिया, सर्विया, सिरिया, थाइल्याण्ड, युक्रेन, भेनेजुएला र भियतनामका सुन्दरीहरु वीच फाइनल प्रतिस्पर्धा हुँदैछ ।
मिस एशिया नेपाल २०१७ की सेकेन्ड रनर अप विजेता हुनुका साथै मोस्ट पपुलर र वेष्ट ड्रेस अवार्ड जित्न सफल जानकी श्रेष्ठ पेशाले नर्स हुन् । उनले यस अघि दोस्रो संस्करणको मिस नर्स नेपाल प्रतियोगितामा मोस्ट चार्मिङ र मोस्ट पपुलर विधाको अवार्ड जितेकी थिइन् ।