‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
नेपालमै पहिलो पटक कोरियन प्रबिधिद्धारा अक्सिजन फेसियल शुरुवात गरेकी श्रेया गुरुङले भाटभटेनीमा शुरुवात गरेको ओ टु फेसियल वक्र्सको शाखा विस्तार भएको छ ।
चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा विस्तारिक ओ टु मा कोरियन प्रबिधिका मेसिशनद्धारा सौन्दर्य सेवा प्रदान गरिन्छ । अक्सिजन फेसियल, म्याजिक पट, अरोमा फेसियल लगायत हेयर, मेकअप, मेनिक्योर, पेडिक्योरका साथै बिना औषधी अत्याधुनिक मेशिनद्धारा तौल घटाउने सेवा प्रदान गरिन्छ ।
छाटो समयमै तौल न्युनीकरण हुने यो प्रबिधि निक्कै गुणस्तरीय र परिणाममुखी सावित भएको गुरुङ बताउंछिन् । टंगाल भाटभटेनीस्थित सञ्चालन हुदै अँइरहेको ओ टु फेसियल वक्र्सको शाखा केएल टावरमा महिला पुरुष दुबैका लागी सम्पुर्ण सेवा उपलब्ध छन् ।