Successfully Copied

दिक्षालाई मिस टिनको ताज

भिजन प्लानेट मिस टिन २०१७ को उपाधिमा दिक्षा अवस्थीले जितेकी छिन् । राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगीतामा अन्य ३५ प्रतियोगीलाई पछि पार्दै दिक्षाले ताज पहिरिएकी हुन् । दिक्षाले मुख्य उपाधि संगै नगद पुरस्कार तीस हजार सहित थाईल्याण्ड भ्रमणको अवसर पनि प्राप्त

 

भिजन प्लानेट मिस टिन २०१७ को उपाधिमा दिक्षा अवस्थीले जितेकी छिन् । राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगीतामा अन्य ३५ प्रतियोगीलाई पछि पार्दै दिक्षाले ताज पहिरिएकी हुन् । दिक्षाले मुख्य उपाधि संगै नगद पुरस्कार तीस हजार सहित थाईल्याण्ड भ्रमणको अवसर पनि प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा ओज्वस्विनी शाह पर्सनालिटी विधाको अवार्ड सहित फस्ट रनर अप तथा अर्गनाइजर च्वाइस अवार्ड सहित देबिशा लामिछाने सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । ओज्वस्विनी र देबिशाले क्रमश: नगद पुरस्कार बीस हजार र दश हजार पनि प्राप्त गरे ।

इभेन्ट्स नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा स्मृति अधिकारी वेष्ट स्कीन, प्रतिष्ठा सापकोटा बब्ली, सबिना लामा वेष्ट हेयर, सन्ध्या आचार्य डिसिप्लीन, स्वेता कर्माचार्य वेष्ट वाक, विपना गैरे फोटोजेनिक, सुविक्षा घिमिरे ट्यालेन्ट, नेहारिका श्रेष्ठ वेष्ट स्माइल, सुयन कार्की भिअर च्वाइस र पपुलर, जस्मिन थापा अर्गनाइजर च्वाइस, अस्मिता अधिकारी पब्लिक रिलेसन, मल्लिका कुावर राणा वेष्ट ड्रेस तथा लिजा मानन्धर फ्रेन्डशीप अवार्डका विजेता चयन भएका थिए ।

 Image