पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले अब महिला जनप्रतिनिधिलाई प्रशासनिक नेतृत्व विकासका लागि प्रक्षिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले अहिले अवस्थामा निर्वाचनमा जून पदबाट महिला नेतृत्वमा आएपनि त्यसलाई ठूलो मान्नु पर्ने बताईन् ।
उनले भनेकी छिन् ‘कानुनले बाध्यकारी बनाएर नगरमा प्रमुख /उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाअध्यक्ष महिला आएको ठुलै उपलब्धी हो, अब महिला जनप्रतिनिधिको प्रशासनिक नेतृत्व बढाउनका लागि प्रक्षिक्षण दिनु जरुरी छ ।’
निर्वाचनबाट चूनिएका महिला जनप्रतिनिधिलाई प्रशासनिक नेतृत्व प्रदान गर्नका लागि पनि प्रशिक्षण आवश्यक रहेको उनको भनाई छ । न्यायिक समितिको निमार्ण कसरी गर्ने । न्याय कसरी दिने । समग्र नगरको विकास कसरी गर्ने, नियम कानुनको बारेमा जानकारी राख्ने, आफ्नो क्षमता विकास कसरी गर्ने, लैगिंक समानता जस्ता विषयमा केन्द्रित रहेको प्रशिक्षण दिने मन्त्री कोइैरालाको भनाई छ ।
मन्त्री कोइरालालले अहिलेका महिला जनप्रतिनिधिलाई क्षमतावान बनाउन नसकेमा महिलाहरुलाई विश्वास गर्ने नसक्ने वातावरणको सिर्जना भएर कानुनी नै परिर्वतन गर्नपर्न त होइन भन्ने डर भएकाले पनि महिला जनप्रतिनिधिको क्षमता विकास गर्नका लागि प्रक्षिक्षण दिने बताईन् ।