विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
गायिका अन्जु पन्तका गीत अझै पनि नेपाली गीतसंगीतमा सबैभन्दा धेरै बिक्छन् भन्ने कुरा उनले पछिल्लो समय बुझेको रोयल्टी रकमले पनि प्रमाणित गरेको छ । मंगलबार राजधानीमा प्रसतोता समाज नेपालले वितरण गरेको रोयल्टीको सबैभन्दा ठूलो हिस्सा अथार्थ सबैभन्दा धेरै २ लाख ४८ हजार रकम उनको भागमा थियो । उनले रोयल्टी बापत पाएको यो रकमले उनी हिट त छदैछन्, उनका गीतसंगीत नेपालमा सबैभन्दा धेरै सुनिन्छन् भन्ने कुरालाई प्रमाणित गरेको छ ।
पछिल्लो समय समाज सेवामा देखिएरै लागेकी पन्तले आफूले रोयल्टी बापत पाएको रकमबाट २५ हजार संगीतकर्मीकै हितका लागि कल्याणकारी कोषमा हस्तान्तरण गरेकी गायिका अन्जु पन्तले १० हजार रुपैयाँ कयान्सर पीडित बासुदेव मुनालको उपचारका लागि प्रदान गरेकी छिन् ।