दूरी फरक, एउटै मन
पब्लिक हेल्थ रिसर्चर सुरज र फुडमान्डुकी म्यानेजर रक्षा । विवाह भएको धेरै समय भएको छैन, तर उनीहरूको जीवनमा भरपूर सम्झना सञ्चित भइसकेका छन् ।
गायिका अन्जु पन्तका गीत अझै पनि नेपाली गीतसंगीतमा सबैभन्दा धेरै बिक्छन् भन्ने कुरा उनले पछिल्लो समय बुझेको रोयल्टी रकमले पनि प्रमाणित गरेको छ । मंगलबार राजधानीमा प्रसतोता समाज नेपालले वितरण गरेको रोयल्टीको सबैभन्दा ठूलो हिस्सा अथार्थ सबैभन्दा धेरै २ लाख ४८ हजार रकम उनको भागमा थियो । उनले रोयल्टी बापत पाएको यो रकमले उनी हिट त छदैछन्, उनका गीतसंगीत नेपालमा सबैभन्दा धेरै सुनिन्छन् भन्ने कुरालाई प्रमाणित गरेको छ ।
पछिल्लो समय समाज सेवामा देखिएरै लागेकी पन्तले आफूले रोयल्टी बापत पाएको रकमबाट २५ हजार संगीतकर्मीकै हितका लागि कल्याणकारी कोषमा हस्तान्तरण गरेकी गायिका अन्जु पन्तले १० हजार रुपैयाँ कयान्सर पीडित बासुदेव मुनालको उपचारका लागि प्रदान गरेकी छिन् ।