सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
डा.शरदसिंह यादव
एडभान्स्ड पेट हस्पिटल
विशालनगर, काठमाडौं
हामीमध्ये धेरैले आफ्नो घरपालुवा कुकुरलाई माया गरेर चकलेट दिने गरेका हुन्छौँ, जुन एकदमै गलत कार्य हो ।
चकलेटमा थियोब्रोमाइन नामको तत्व हुन्छ, जुन घरपालुवा कुकुरका लागि घातक मानिन्छ । चकलेटले घरपालुवा कुकुरलाई झाडाबान्ता, नशासम्बन्धी तथा धेरै मात्रामा ख्वाए मुटुसम्बन्धी समस्या हुन्छ, जसबाट उसको मृत्युसमेत हुन सक्छ ।
धेरै मात्रामा चकलेट खाएर घरपालुवा कुकुर बिरामी भए चर्को नुन–पानी ख्वाएर बान्ता गराउने प्रयास गरी सक्दो चाँडो पशुचिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।