शेर्पालाई सम्झाइरहने तस्बिर
चुङ्बा शेर्पाले खिचेका चरासहित वन्यजन्तुका मनमोहक तस्बिरले मुलुकभरका विभिन्न कार्यालय एवं संघसंस्थाका भित्ता सजिएका छन्, जसले उनी सधैं सम्झिइरहनेछन् ।
डा.शरदसिंह यादव
एडभान्स्ड पेट हस्पिटल
विशालनगर, काठमाडौं
हामीमध्ये धेरैले आफ्नो घरपालुवा कुकुरलाई माया गरेर चकलेट दिने गरेका हुन्छौँ, जुन एकदमै गलत कार्य हो ।
चकलेटमा थियोब्रोमाइन नामको तत्व हुन्छ, जुन घरपालुवा कुकुरका लागि घातक मानिन्छ । चकलेटले घरपालुवा कुकुरलाई झाडाबान्ता, नशासम्बन्धी तथा धेरै मात्रामा ख्वाए मुटुसम्बन्धी समस्या हुन्छ, जसबाट उसको मृत्युसमेत हुन सक्छ ।
धेरै मात्रामा चकलेट खाएर घरपालुवा कुकुर बिरामी भए चर्को नुन–पानी ख्वाएर बान्ता गराउने प्रयास गरी सक्दो चाँडो पशुचिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।