कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।

आउटलेट : कुपण्डोल
विशेषता : ब्राइडल तथा पार्टी वेयरका लागि उपयुक्त गन्तव्य
विगत १६ वर्षदेखि फेसन डिजाइनिङमा सक्रिय आर्शिया बानुको आर्शिया बुटिकको शाखा कुपन्डोलमा पनि स्थापना भएको छ । पुतलीसडकमा १६ वर्षदेखि ग्राहकहरूलाई आफ्नो डिजाइनले चित्त बुझाइरहेकी आर्शिया बानु बुटिकको सहर कुपन्डोलमा पनि आफूलाई स्थापित गर्ने तयारीमा छिन् ।
यो बुटिकलाई ब्राइडल तथा पार्टी वेयरका लागि धेरैले रुचाएका छन् । मिस नेपाल माल्भिका सुब्बाले उद्घाटन गरेको कुपन्डोलस्थित आर्शिया बुटिकमा टिनएजरदेखि मिडिल एजसम्मका लागि साडी, कुर्ता, लेहेंगा, गाउनका साथमा मागबमोजिमका पहिरन डिजाइन गरिने बानुले बताएकी छिन् ।