आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।
बिरामीको घरमै सेवा उपलब्ध गराउने उद्देश्यले ८ वर्षअघि स्थापना भएको हेल्थ एट होम नेपालले अशक्त अवस्थाका बिरामीलाई घरमै पुगेर स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँछ । एक कल फोन गर्नासाथ डाक्टर वा नर्स घरमै आइपुग्छन् । डा. विशाल ढकालको अग्रसरतामा संचालित यो अभियानले अस्पताल धाउनुपर्ने असहाय वृद्धवृद्धालाई धेरै हदसम्म सहज तुल्याएको छ ।
हामी हस्पिटलकै जस्तो सेवा उपलब्ध गराउँछौं डा. विशाल भन्छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मको केयर यहाँ गरिन्छ । घरमै स्वास्थ्य उपचार उपलब्ध गराउने यस्तो किसिमको सेवा दक्षिण एसियामै पहिलो भएको बताइन्छ । बिरामीका लागि यातायातको सुविधा पनि उपलब्ध हेल्थ एट होममा फिजियोथेरापी सेवासमेत उपलब्ध छ । यो संस्थामा चिकित्सक एवं कर्मचारी गरी २ सयभन्दा बढी कार्यरत छन् ।