विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।
अहिले मानिसहरू आफ्नो सौन्दर्यप्रति बढी सचेत हुँदैछन् । पहिले जस्तो अनुहारमा पिम्पलको दाग, चायाँ, पोतो, घाउको दाग, मुसा, कोठी आदिले गर्दा तनावग्रस्त हुनुपर्ने अवस्था पनि छैन । तिनलाई विनाअप्रेसन, सस्तो मूल्यमा लेजरको सहायताले सजिलै हटाउन सकिन्छ । अहिले नेपाली महिलाहरूमा केमिकल पिलिङ पनि निकै रुचाइएको प्रविधि हो ।
केमिकल पिलिङ के हो ?
यो फेसियलजस्तै हो तर यसमा मेडिकल्ली उपचार गरिन्छ । अनुहारको कुनै पनि प्रकारको दाग हटाउन तथा कम गर्न यो उपचार गरिन्छ । यो विभिन्न प्रकारको अल्फा हाइट्रोसी एसिडहरूलाई मिलाएर गरिने उपचार हो ।
यसबाट के–केमा फाइदा मिल्छ ?
पिम्पल एवं घाउका दाग, कालो धब्बा जस्तै : चायाँ, पोतो आदिमा मल्हमसँगै केमिकल पिलिङ गरियो भने चाँडो रिजल्ट आउँछ । अनुहारमा कुनै प्रकारको दाग–धब्बा नै नभए पनि फेसियलको साटो केमिकल पिलिङ गराउन सकिन्छ । यसबाट छाला चम्किलो, सफा तथा नरम हुन्छ ।
केमिकल पिलिङ कति किसिमको हुन्छ ?
नेपालमा ३० किसिमका केमिकल पिलिङ उपलब्ध छन् । छालाको प्रकार तथा रोगको अवस्थाअनुसार चिकित्सकको सल्लाहबमोजिम कुन किसिमको पिलिङ उपयुक्त हुन्छ त्यही गर्दा राम्रो परिणाम प्राप्त हुन्छ ।
यो कति पटक गराउनु आवश्यक हुन्छ ?
२ देखि ३ हप्ताको १ पटक गराउनुपर्छ । यसरी नियमित ६ पटक जति गरेपछि राम्रो परिणाम प्राप्त हुन्छ । पछि फेसियलको सट्टा यही पिलिङ गराउँदा पनि हुन्छ ।
यसका साइडइफेक्ट पनि छन् ?
पिलिङ गरेको १–२ दिनसम्म छाला जाने वा रातो हुने हुनसक्छ । यसमा चिकित्सकले दिएको मल्हम लगाएर एक हप्ताजति घामबाट जोगिनुपर्छ । अन्य कुनै साइड इफेक्ट छैन ।
यसका फाइदा के–के छन् ?
नियमित गराउँदा मसिनो चाउरीपन पनि हट्छ, दाग–धब्बा निर्मूल हुन्छ ।
यो उपचार कत्तिको महँगो छ ?
यो अन्य उपचारभन्दा सस्तो उपचार हो । एकपटक गराउँदा छाला र समस्या हेरेर १ हजारदेखि २ हजार रुपैयाँसम्म लाग्छ ।
कुन उमेरदेखि यो उपचार गराउन सकिन्छ ?
टिनएजरदेखि ६०–७० वर्ष सम्मकाले गराउन मिल्छ अर्थात् आकर्षक देखिने चाहना भएसम्म गराउँदा हुन्छ ।
लेजर थेरापीबाट निको हुने रोग
हाड जोर्नीसम्बन्धी रोगहरू (हाडजोर्नी सुन्निएको, दुखेको, खेलका दौरान हातखुट्टा मर्किएको, दुर्घटनामा परेर हातखुट्टा भााँचिएको, हाड खिइएको, हिँड्न, बस्न र चलाउन गाह्रो भएको, गर्धन, कुम, कुहिना, नाडी तथा कुर्कुच्चा दुखेको अवस्थामा लेजर थेरापी लाभदायक साबित हुनसक्छ । नसासम्बन्धी रोग (ढाड र गर्धनको नसा च्यापिएर दुखेको, नसामा भएको चोट, पोल्ने, झमझम गर्ने, हातखुट्टा कमजोर तथा लुलो हुने, प्यारालाइसिस, नसा बन्द भएर हातखुट्टामा घाउ भै अङ्ग काट्नुअघि समयमै लेजर थेरापी गराउनु उपयोगी हुन्छ ।
नयाँ तथा पुराना निको नभएका घाउहरू, शल्यक्रियापछिका घाउहरू, चिनी रोगबाट पलाएका घाउहरू, आगोबाट लागेका घाउ एवं दागमा पनि लेजर थेरापीले फाइदा पुर्याउँछ । नाकभित्र मासु पलाएको, नाक सुक्ने, बन्द हुने तथा रगत बग्ने, टाउको दुख्ने, माइग्रेन एवं पिनासमा पनि लेजर थेरापी प्रभावकारी हुन्छ । यो उपचारपछि उक्त रोग पुन: देखा पर्दैन ।
छालासम्बन्धी रोग (छाला चिलाउने, दाद तथा छाला बाक्लो हुने आदि) मा पनि लेजर थेरापी उपयोगी हुन्छ । त्यस्तै डन्डिफोर बिग्रिएर आएको घाउ पनि लेजर थेरापीले सुकाउँछ । जुनसुकै रोग लागेको भए पनि समयमै उपचार गरे रोग छिटो निको हुन्छ । यो प्रविधिबाट विनाअप्रेसन ४ सय प्रकारका रोगको उपचार गर्न सकिन्छ । १३ वर्षदेखि ८० वर्षका मानिसले लेजर थेरापी गराउन सक्छन् ।
- डा. रीमा श्रेष्ठ, उप–प्राध्यापक क्रिस्ट मेडिकल
तथा नेपाल स्किन केयर सेन्टर, सिनामंगल चोक