कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
शनिबार काठमाडौंमा सम्पन्न मिसेज तीज आइकन–२०७४ मा लिजा श्रेष्ठ विजयी भएकी छिन् । १२ जना विवाहित महिलाबीचको उक्त प्रतियोगितामा बन्दना पहाडीले फस्ट रनर्सअप तथा सोनाम लामा शाक्यले सेकेन्ड रनर्सअपको उपाधि जिते ।
टनेल इभेन्ट्सले आयोजना तथा इभेन्ट बेटर ग्यालेक्सीले व्यवस्थापन गरेको उक्त प्रतियोगितामा प्रिया ढकाल बेस्ट क्याटवाक, काफ्लु खड्का……… बेस्ट ड्रे , अरुणा शाह मोस्ट ब्युटिफूल, रञ्जिता केसी मोस्ट पपुलर, सोनम लामा शाक्य बेस्ट पर्सनालिटी तथा अर्चना रिमाल मिसेज फोटोजेनिकको उपाधि जित्न सफल भए । उक्त प्रतियोगिताको कोरियोग्राफी अभिमन्यू शर्माले गरेका थिए ।