वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।
अहिले नेपाली चलचित्र क्षेत्रले विभिन्न उमेर तथा वर्गका दर्शकहरूको मन जितिरहेको छ । विभिन्न धारका चलचित्रसँगै थुप्रै नायक–नायिका यो क्षेत्रमा प्रवेश गरेका छन् । कतिपय थपिएका छन् त कतिपय अलग्गिएका छन् । जसमध्ये कतिपय विदेश पलायन भए त कतिपय अन्य व्यवसायमा रमाइरहेका छन् । यद्यपि एक दशकअघिकी निकै चल्तीकी नायिका संचिता लुईंटेल भने नयाँ पुस्ताका नायिकाहरूको भीडमा आफ्नो उत्कृष्ट अभिनय कलाले दर्शकहरूको मन जितिरहेकी छिन् । दुई सन्तानकी आमा संचिता आफूलाई शारीरिक रूपमा फिट राखी अभिनयमा थप निखार ल्याइरहेकी छिन् । यसैगरी स्वस्तिमा खड्का अहिलेको पुस्ताकी व्यस्त नायिकामध्ये एक हुन् । स्वस्तिमा कुटुमा कुटु तथा चलचित्र छक्का पन्जा–२ को नाइलनको साडीमाको भिडियोमार्फत धेरैको नजरमा परेकी छिन् । यसपटक नारीको आवरणमा संचितासँगै स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । पुराना र नयाँ पुस्ताका यी दुई कलाकारले फोटोसुटका क्रममा निकै रमाइलो गरे । यसअघि पनि सँगै फोटोसुट गराइसकेका यी दुई नायिकाले चलचित्रमा भने सँगै काम गरेका छैनन् । विवाहपछि नायिकाहरूको चार्ममा कमी आउने पुरानो धारणालाई संचिता र स्वस्तिमाको फ्यान क्रेजले गलत ठहर्याएको छ ।
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : सविना महर्जन अवाले, लाइक्रा बुटिक, कुपन्डोल
मेकअप तथा हेयर : रुस्का वैद्य श्रेष्ठ, आइटीसी ब्युटिपार्लर बनेपा तथा नक्साल
भिडियो : मनीष अमात्य तथा निशान्त श्रेष्ठ
लोकेसन : पशुपति परिसर, गौशाला