दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
ब्लिस
आउटलेट : कमलादी
विशेषता : गुणस्तरीय तथा स्टाइलिस्ट जुत्ताका लागि उपयुक्त गन्तव्य ।
तीन वर्षअघि खुलेको ब्लिसमा मौसमअनुसारका जुत्ता उपलब्ध छन् । जाडोका लागि बुट, क्लोज सुजको माग बढी हुने तथा गर्मीमा आकर्षक डिजाइनका स्यान्डल, ओपन सुज नै मागमा पर्ने संचालिका निरु तन्डुकार बताउँछिन् । यसैगरी पेन्सिल हिल तथा हेर्दा कुल देखिने जुत्ता पनि गर्मीमा बढी बिक्री हुने गरेको उनी बताउँछिन् ।
ब्लिसमा अफिस सुज तथा ब्याग पनि पाइन्छन् । बैंकक तथा चीनबाट आयातीत यहाँका जुत्ता टिकाउ खालका छन् । ब्लिस शनिबारबाहेक अन्य दिन बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहन्छ ।