‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
गायिका सहिमा श्रेष्ठले यो वर्ष पनि तीज गीत निकालेकी छिन् । श्रेष्ठले गीतको म्यूजिक भिडियो सार्वजनिक गर्दै अरुले भन्दा भिन्न स्वादको गीत ल्याएको बताएकी छिन् । पुरातन शैलीलाई केही पछाडि पार्दै सहिमाले ‘ओम भोला शिवशंकर’ बोलको तीज गीत बजारमा ल्याएकी हुन् ।
उनको यो गीतमा अभिनेत्री तथा मोडल अशिष्मा नकर्मीले आर्कषक नृत्य गरेकी छिन् । फिल्मी शैलीमा निर्माण गरिएको भिडियोल नेपाली मौलिकतामा रहेर संस्कृतिको संरक्षण र साम्बद्र्धनलाई जोड दिने सहिमा र अशिष्माको तर्क छ ।
दिपक शर्माको संगीत तथा किरण केसी क्रोधीको शब्दरचना रहेको यस गीतको अडियो तथा भिडियो बिणा म्यूजिकमार्फत सार्बजनिक भएको हो ।
सुरेश श्रेष्ठको छायांङकन र सम्पादन निशान घिमिरेले गरेको यस भिडियोमा अविबाहित महिलाहरुले तीजको व्रत बसेपछि वरको रुपमा आकर्षक पुरुषलाई भेट्टाइदिन भगवान शिवलाई गुहार मागिएको छ ।
भोला शिव शंकर भोला महादेवको म्यूजिक भिडियो :