‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
सञ्चारकर्मी मधु शाही र विनीता मरहठ्ठाले तीज गीत सार्वजनिक गरेका छन् । मधुको शब्दमा विनीताले स्वर दिएकी छिन् । मधु र विनीताको तीजको यो मेसोमा मिसिन आइँपुगेका छन् संगीतकार ज्योति प्रकाश विके । गीतमा ज्योथीले संगीत सिर्जना गरेर दुई सञ्चारकर्मीलाई साथ दिएका हुन् । सञ्चार क्षेत्रमा पनि गीत संगीतकै बिटलाई विशेष प्राथमिकता दिएर पत्रकारिता गरेका मधु र विनीताले सार्वजनिक अधिकांश गीतमा मौलिकता कम भेटेपछि तिजको मौलिकताका लागि आफैं कम्मर कसेर लागेका हुन् । उनीहरुले गीत लेख्ने र गाउँने काम मात्रै गरेका छैनन् सारी र चोलीमा रिमिक्क पर्दै कम्बर मर्काएर नाचेंका पनि छन् ।
‘चोली टिमीक्कै’बोलको तीज गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । सार्वजनिक तीज गीत चेलिबेटीले मनभरिका दुख, सुख, उत्सव र अनुभवहरु सामुहिक रुपमा नाचगान गरेर सुनाउने पर्वको रुपमा परिचित तीजको अवसरमा सार्वजनिक गरिएको यस गीतको म्यूजिक भिडियोमा मधु र विनीतासँगै नाचेकी छिन् मुना पन्थ । विष्णु अधिकारीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने समुन सागर जंग केसीले गरेका छन् ।
चोली टिमिक्कै गीतको म्यूजिक भिडियो :