रंगमञ्चदेखि रंगीन जीवनसम्म
‘प्रेम, सम्मान, विश्वास, आपसी समझदारी, एक–अर्काको अस्तित्व स्वीकारले दाम्पत्य जीवन सफल मात्रै होइन सुन्दर र खुसीयाली हुन्छ ।’
नेवार समुदायका विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य, बौद्धिकता, प्रतिभा र सांस्कृतिक सचेतना सम्बन्धीत प्रतियोगिता ‘मिसेस् नेवा:’ को पहिलो संस्करण उपाधि रेजिना शाक्यले जितेकी छिन् ।
जमलस्थित राष्ट्रिय नाचघरको डबली गत शुक्रबार सम्पन्न सो कार्यक्रमको फाइनल प्रतिस्पर्धामा गृष्मा तुलाधार फस्ट रनर अप तथा सरिता नेमकुल प्रधान सेकेन्ड रनर अप विजेताका रुपमा चयन भएका थिए ।
केटिएम इभेन्ट्स एण्ड म्यानेज्मेन्टले आयोजना गरेको यो प्रतियोगितामा म्हसिका नामक समूहले व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेको हो । हाास्य अभिनेता मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्य रहेको सो कार्यक्रमको कोरियोग्राफी रेणुका बज्राचार्यले गरेकी थिइन् ।