Successfully Copied

संगठित हुँदै महिला पत्रकार

पत्रकार महिलाको अवश्था क्रमिक रुपमा सुधारात्मक रहेको राजधानीमा आज आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

पत्रकार महिलाको अवश्था क्रमिक रुपमा सुधारात्मक रहेको राजधानीमा आज आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् । यद्यपि थुप्रा ब्यावधानका बावजुद पत्रकार महिलाहरु आफ्ना ब्यावसायिक हकहितका लागी एकत्रित हुँदै आइरहेता पनि अझैसम्म कयौं जटिलताहरु झेल्न परिरहेको यथार्थ सहभागीले ब्यक्त गरे । नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार महिलाको अवश्था र भुमिका नामक अन्तरक्रियात्मक कार्यक्रममा पत्रकार महिलाको अवश्थामा सकारात्मक सुधारको अवश्था देखिएको बताउंदै महासंघका अध्यक्ष्य डा. महेन्द्र बिष्टले यसलाई थप गुणात्मक बनाउन महासंघले सक्रिय भुमिका निर्वाहा गरिरहेको प्रष्ट पारे ।

पत्रकार महिलाको क्षमता अभिबिृद्धि लगायत, पारिश्रमिक र समान अधिकारका बिषयमा महासंघ सदैव सजग रहंदै परिणाम मुलक कार्यमा दत्तचित्त लागि परिरहेको र आगामी दिनमा यो क्रमलाइ अझ प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानेमा उनले जोड दिए । महासंघकी उपाध्यक्ष्य अनिता विन्दुले पत्रकार महिला तथा पार्षदको संख्यात्मक बृद्धि त भयो तर हालसम्म पनि नेतृत्वदायी भुमिकामा महिलाको उपश्थित कमै रहेको प्रष्ट्याउंदै त्यसका लागी महासंघ महिलाका मुद्धामा ज्यादा गम्भीर हुनुपर्ने र कसरी उनीहलाइ दिर्घकालिन रुपमा यही पेशामा टिकिरहने बनाउने भन्नेतर्फ सोच्नुपर्ने बेला आइसकेको बताइन् । बि.सं. २०६३ सालमा ५ हजार ३५ जना जम्मा पत्रकार मध्ये महिलाको संख्या ४ सय ३० मात्रै थियो भने आज आएर त्यो संख्या बढेर २२ सय ४७ अर्थात १८ प्रतिशत हुन पुगेको छ ( मुलुकभरका जम्मा १२ हजार ७ सय ८४ जना पत्रकारमध्ये ) ।

नेपाल पत्रकार महासंघको जिल्ला देखी केन्द्रसम्मको नेतृत्व हेर्दा बि.सं. २०६३ सालमा एक महिला केन्द्रिय सदस्य अनिवार्य राखिएकोमा आजसम्म आइपुग्दा ४ जना पार्षद मध्ये १ जना महिला अनिवार्य भन्नेसम्म पुगेको छ । बिगतमा जम्मा १ सय ५० जना पत्रकार महिला मात्रै पार्षद थिए भने अहिले २ सय ६८ महिला पार्षद छन् । नेतृत्वदायी तहमा पत्रकार महिलाको पहुंच बढाउन अmभ थप समावेशीता तथा क्षमता अभिबृद्धिमा जोड दिनुपर्नुका साथै पेशामा टिकिरहन भौतिक र ब्यावसायिक सुरक्षामा जोड लगायत लैगिकमैत्री संञ्चारमाध्यम निर्देशिका २०७० तत्काल लागु गरिनुपर्ने कुरामा जोड दिनुपर्ने वक्ताहरुले बताएका थिए ।

 Image