चलचित्र लुट–२ को ठमेल बजार...को भिडियोपछि धेरैको नजरमा परेकी नायिका हुन्–एलिशा राई । त्यसपछि उनको व्यस्तता निकै बढ्न थाल्यो । एलिशाले राई भाषाको चलचित्र विनायोका साथै १ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिरहेकी छिन् । हिजोआज भने उनी अलि चुजी हुदैछिन् ।
चलचित्र लुट–२ को ठमेल बजार...को भिडियोपछि धेरैको नजरमा परेकी नायिका हुन्–एलिशा राई । त्यसपछि उनको व्यस्तता निकै बढ्न थाल्यो । एलिशाले राई भाषाको चलचित्र विनायोका साथै १ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिरहेकी छिन् । हिजोआज भने उनी अलि चु“जी हु“दैछिन् । पहिले अफर आयो कि काम गरिहाल्ने एलिशा अहिले जस्तो पायो त्यस्तो चलचित्रमा अभिनय गर्दिनन् । ठमेल बजारकी केटीको भिडियो भनेपछि सबैले राम्रो होला भन्ने अपेक्षा राख्ने हु“दा दर्शकहरूले रुचाउने म्युजिक भिडियोमा मात्र काम गर्ने निर्णय गरेको राईले बताइन् ।
एलिशाका आमाबुवा व्यवसायी हुन् । घरकी एक्ली छोरी एलिशालाई सुरुमा अभिनय क्षेत्रमा आउन गा¥हो भएको थियो । सानैदेखि नाच्न भनेपछि तयार भैहाल्ने एलिशा ७–८ वर्षको उमेरदेखि नै नेपाली गीतमा थारू युवतीको गेटअप बनाएर नाच्थिन् । उत्कृष्ट थारू नाचकै कारण उनले चलचित्र विनायोमा काम गर्ने अवसर प्राप्त गरेकी हुन् । अहिले उनी म्युजिक भिडियो तथा इभेन्टहरूमा व्यस्त छिन् ।
चलचित्रमा काम गर्ने प्रस्ताव आए पनि गुणस्तरमा ध्यान दिन खोजेकाले चलचित्रमा नदेखिएको राई बताउ“छिन् । गत वर्षदेखि गुरुकुल आरोहणमा अभिनयको प्रशिक्षण लिइरहेकी एलिशा नाच्न, अभिनय गर्न, कविता लेख्न तथा साहित्यिक पुस्तकहरू पढ्न रुचाउ“छिन् । उनी स्कुल पढ्दादेखि नै नेपाली कविता तथा गीत लेख्थिन् भने आफैले गीत कम्पोज गरी गाउ“थिन् । कलेजमा साइन्स पढ्न थालेपछि ती सबै सिर्जनात्मक काममा कमी आएको अनुभव भएपछि साइन्सलाई बीचमै छोडेर ग्राफिक्स डिजाइनिङ पढ्न थालेकी एलिशा अब आफूले गर्ने काममा नृत्यस“गै अभिनय पनि उत्तिकै दमदार हुने बताउ“छिन् ।
मेष
बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै निर्णायक तहमा बसेर काम गर्नुपर्ने जिम्मेवारी आउन सक्छ । रोकिएका सबै काम क्रमशः सफलतातिर उन्मुख हुँदै जानेछन् । चोटपटक लाग्ने सम्भावना भएकाले कुनै पनि काम गर्दा सतर्क रहनुपर्ने बेला छ ।