तपाईंको जीवनमा महिला पात्रहरूको भूमिका के–कस्तो छ ?
मेरो जीवनमा आमा र श्रीमतीको भूमिका महत्वपूर्ण छ । जीवनको सुरुवात नै आमाबाट भएकाले आमाको महत्व भनिसाध्य छैन । मेरो बाल्यकालको अधिकांश समय आमासँगै बित्यो । विवाहपछि श्रीमतीले मेरो काममा उत्तिकै साथ दिँदैछिन् । मेरा अधिकांश प्रशंसक पनि महिला नै छन् ।
तपाईंलाई कुन गीतले चिनाएको अनुभव हुन्छ ?
मेरो दिल छ पोखरामा ।
आफ्नो जीवनमा ठ्याक्कै मिल्ने कुनै गीत गाउनुभएको छ ?
कुनै–कुनै गीतका कतिपय अंश आफ्नो जीवनसँग मेल खाएको महसुस हुन्छ तर ठ्याक्कै मिल्ने गीत अहिलेसम्म जुरेको छैन ।
आफूसँग युगल गीतमा जम्ने गायिका को–को हुन् जस्तो लाग्छ ?
मैले धेरैसँग युगल गीत गाइसकें तर अञ्जु पन्त र मिलन अमात्यसँग अलि बढी ट्युनिङ मिलेजस्तो लाग्छ ।
नयाँ आएका गायिकामध्ये कसबाट बढी आशा छ ?
धेरैको आवाज सुन्न पनि पाइएको छैन । सुनेमध्ये मेलिना राईको स्वर आशालाग्दो लाग्यो ।