राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबली मंचन भएको टिनएजर युवतीहरुमा केन्द्रित प्रतिस्पर्धा ‘मिस टिनएजर इन्टरनेसनल नेपाल २०१७’को मुख्य उपाधि दिया मगरले बाजी मार्न सफल भएकी छिन् । आफ्ना अन्य १७ प्रतिस्पर्धी भन्दा आफूलाई अब्बल प्रस्तुत गर्न सफल दियाले पब्लिक च्वाइस विधाको अवार्ड पनि आफ्नो नाममा दर्ता गराइन् ।
प्रतियोगितामा फोटोजेनिक अवार्ड सहित ईशा सुवेदी फस्ट रनर अप तथा ट्यालेन्ट अवार्ड सहित सम्पदा उप्रेती सेकेन्ड रनर अप विजेताका रुपमा चयन भएका थिए । मर्मेड इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको आयोजना र रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको सो उपाधि दौडको यात्रामा जेनी राई वेष्ट वाक, प्रत्युशा बोहरा कन्जिनियालिटी, आकांक्षा पौडेल कन्फिडेन्ट, अस्मिता ढुंगाना भिअर च्वाइस, प्रविशा भारती पर्सनालिटी तथा शिल्पा देवकोटा म्यानेज्मेन्ट च्वाइस विधातर्फ विजेता निक्र्यौल गरिएका थिए ।