अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

महिला हिंसा अन्त्य तथा न्यूनीकरणका लागि विश्वभर एकत्रित रूपमा महिला हिंसा विरुद्धका अभियान चलिरहेका बखत नेपालमा महिला हिंसाको दर बढ्दो देखिएको छ । जीएमएमपी (ग्लोबलिङ मिडिया मनिटरिङ प्रोजेक्ट) ले सन् २०१५ मा विश्वब्यापी रूपमा एकैपटक गरेको सर्वेक्षणमा पत्रिका, टेलिभिजन तथा रेडियो समाचारमा महिलाका विषय २४ प्रतिशत समेटिए पनि नेपालमा १३ प्रतिशत मात्र सम्प्रेषण भएको देखिएको छ जसमध्ये पीडित अर्थात् प्रभावितका रूपमा चित्रित महिला १६ प्रतिशत छन् भने नेपालको परिप्रेक्ष्यमा उक्त संख्या ७२ प्रतिशत छ ।
महिलाले रिपोर्टिङ गरेका समाचार विश्वभर ३७ प्रतिशत प्रसारण–प्रकाशन भएको देखिन्छ भने नेपालभित्र २३ प्रतिशत मात्र छ । विश्वव्यापी रूपमा महिला केन्द्रित समाचार १० प्रतिशत छ भने नेपालमा ४ प्रतिशत छ । लैंगिक असमानता उजागर गर्ने समाचार विश्वव्यापी रूपमा ९ प्रतिशत भएकोमा नेपालमा १० प्रतिशत तथा लैंगिक स्टेरियोटाईपलाई चुनौती दिने समाचार संसारभरबाट ४ प्रतिशत भएकोमा नेपालमा भने शून्य प्रतिशत छ ।