सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
विपश्यना खनाल क्षेत्री, विद्यार्थी तथा कोरियोग्राफर
आमा : मोहन्ना खनाल क्षेत्री, शिक्षिका तथा इभेन्ट म्यानेजर
घरमा पिल्लरको आवश्यकता भएजस्तै सबैको जीवनमा आमाको महत्व हुन्छ । त्यस्तै मेरो जीवनमा पनि मामु घरको जग, पिल्लर, डन्डी, सिमेन्ट सबै हुनुहुन्छ । मैले मामुबाटै सधै अघि बढ्नुपर्छ, पछि फर्केर हेर्नुहुँदैन भन्ने कुरा सिकें । जीवनमा उज्याला र अँध्यारा मोडहरू आउँछन् तर विचलित हुनुहुँदैन भन्ने कुरा पनि मैले उहाँबाट सुन्दै आएकी छु ।
मामुले मलाई बाल्यावस्थादेखि अहिलेसम्म हरेक कुरामा हौसला दिँदै आउनुभएको छ । नयाँ–नयाँ कुरा सिकाउनुका साथै सिक्ने प्रेरणा दिनुहुन्छ । मेरी मामु दिनभरि स्कुलमा काम गर्नुहुन्छ र बिदाको उपयोग गर्दै विभिन्न इभेन्ट पनि संचालन गर्दै आउनुभएको छ । मैले ७–८ कक्षा पढ्दादेखि नै मामुका प्रोग्रामहरूमा एसिस्टेन्ट कोरियोग्राफरका रूपमा काम गर्दै आएकी छु । मेरी मामु सधैं चुप लागेर बस्नु हुँदैन, केही न केही गरिरहनुपर्छ भन्नुहुन्छ । हरेक कुरामा फ्रि छोडे पनि पढाइमा भने कडा हुनुहुन्छ । जीवनमा पढाइविना केही हुँदैन भनेर पढ्नमा बढी जोड दिनुहुन्छ । टिनएज धेरै साथी हुने समय हो, तर मेरो जीवनमा मामु नै मेरो वेस्ट फ्रेन्ड हुनुहुन्छ । फुर्सदमा पनि म मामुसँगै घुम्न जान्छु । रेस्टुराँ जाने, फिल्म हेर्ने, कन्सर्टतिर जानेदेखि समाजसेवातिर पनि म मामुसँगै हुन्छु ।
महिनामा एक–दुई दिन मामुले मेरै लागि समय छुट्याउनुहुन्छ । ममा केही गर्नसक्छु भन्ने आँट पनि उहाँले गर्दा नै आएको हो । जति व्यस्त जीवन भए पनि उहाँ मेरो स्वास्थ्य, सौन्दर्य एवं करियरमा सधै चासो राख्नुहुन्छ । मामुकै कारण ममा असल व्यक्ति भएर बाँच्ने चाहना पलाएको हो ।