‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
फ्रेण्ड्स अफ लाजिम्पाटको आयोजनामा वुमन्स फ्रेण्डसीप म्याराथन सम्पन्न भएको छ । बिहान सबेरै लाजिम्पाटको ग्याङजङ होटल देखी सुरु भएको म्याराथनमा ५ सय भन्दा बढी महिला तथा किशोरी उपश्थित थिए ।
महिलालाई खेलकुदमा प्रोहोत्साहन गर्ने उदेश्यले आयोजित उक्त म्याराथनको नारा वुमन अवेरनेस इन स्पोर्टस् रहेको थियो । महिला म्याराथन–२०७४ अन्तर्गत पांच किलोमिटर दौडमा बालिका केसी पहिलो भइन् । बालिकाले ४ सय ५० जना खेलाडीलाई १६ मिनेट ४९ सेकेण्ड मा पछाडी पार्दै प्रथम स्थान हांसिल गरी ट्रफी र नगद रु. २० हजार रुपैंया हात पारिन् ।
दोस्रो भएकी मीना घले बालिका भन्दा ५ दशमलव ४७ सेकेण्डले मात्र पछि परेकी थिइन् । देबीकला गुरुङ १७ मिनेट २८ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भइन् । दोस्रो र तेस्रो हुनेले नगद १५ र १० हजारसहित ट्रफी हात पारेका थिए । ६ बर्षिया अंकित नकर्मीले दौडमा भाग लिएर दुरी पुरा गरेवापत प्रोहोत्साहन स्वरुप २ हजार रुपैंया प्राप्त गरिन् । महिलाको खेल प्रतिको आत्माविश्वास बढाउन यस किसिमको महिला म्याराथनको आयोजना गरिएको आयोजक संस्था फ्रेण्ड्स अफ लाजिम्पाटका मोहित थापाले बताए ।
तस्विरहरु : नवराज वाग्ले