रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
हङ्कङमा दुई नेपाली चेली सम्मानित भएकी छिन् । विश्व श्रमिक दिवसको अवसर पारेर हङ्कङ सरकारले टिका राना र निशा रानालाई उक्त सम्मान दिएको हो । पोलिटेक्निक युनिभर्सिटी हङ्कङमा ‘मास्टर ईन ईन्फेक्सन कन्ट्रोल’ बिषय अध्ययन गरिरहेकी टीका रानाले ‘एथ्निक मायनोरिटी हेल्थ एण्ड एजुकेशन सर्भिस’ नामक संस्थाको नेतृत्व गरिरहेकी छिन् ।
रानाको संस्थाले ‘लभ योर फेमिली एण्ड वर्क सेफ्ली’ नामक परियोजना अन्र्तगत हङ्कङको निर्माण क्षेत्रमा कार्यरत अल्पसंख्यक समुदायका श्रमिकहरुलाई आवश्यक सुरक्षा सम्बन्धी जानकारी, कार्यशालासँगै निशुल्क स्वाथ्य परिक्षण कार्यक्रमको सफल संञ्चालन गरेको भन्दै ‘तेह्रै अकुपेशनल सेफ्टी एण्ड ईम्प्लोईज पार्टिसिपेशन स्किम पुरस्कार २०१७’ प्रदान गरिएको हो । उक्त संस्था अन्य संस्थाहरुलाई पन्छाउदै सेकेण्ड रनरअप भएको थियो ।
लेजिस्लेटिब काउन्सिल, फङ्सनल कन्स्टिच्युटी, लेशर एडभाईजरी बोर्ड, ईम्प्लोए रिप्रिजेन्टेटिब, अकुपेशनल सेफ्टिी एण्ड हेल्थ काउन्सिल र लेबर डिपार्टमेन्टको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा निशा रानालाई ‘आउट स्ट्यान्डिङ कोअर्डिनेटर’को पुरस्कार प्रदान गरिएको थियो । उत्साहित टिका र निशाले पुरस्कृत भएपछि हौसलासँगै अल्पसंङ्ख्य समुदायका लागि थप केहि गर्ने जिम्मेवारी बढेको बताए ।