‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।
आमा शब्दमा जति आत्मीयता र मिठास हुन्छ अरु कुनै शब्दमा हुँदैन । आमा बन्नु महिलाका लागि आफ्नो अर्काे जन्म हुनुजस्तै हो । हरेक मानिसका जन्मदाता आमाहरू आफ्ना छोराछोरीको प्रगतिमा सदैव मार्गदर्शक हुन्छन् । आधुनिक आमाहरू आधुनिक परिवेशमा बालबालिकालाई हरेक प्रविधिसँग जोड्न चाहन्छन् तैपनि आफ्ना सन्तान सुसंस्कृत भएको हेर्ने चाहना राख्छन् । छोराछोरीहरू हुर्किएपछि आफ्नी आमालाई कसरी खुसी पार्ने भन्ने प्रयासमा लाग्छन् । फलस्वरूप उनीहरू आमालाई मनपर्ने उपहारहरू खोजेर दिन्छन् । घुमाउन रमणीय स्थलहरूमा लान्छन् अनि मनपरेका परिकारहरू ख्वाउँछन् । आमाको वास्तविक खुसी भने यी कुरामा हुँदैन । आफूले जन्माएका छोराछोरीहरू सफल, इमान्दार एवं असल भैदिए आमाहरू गौरवान्वित हुन्छन् अनि आफ्नो कोखलाई धन्य सम्झन्छन् । त्यसो भन्दैमा आमाका लागि उपहारको कुनै महत्व छैन भन्ने होइन ।
आमालाई चाहिने, सुहाउने र मनपरेका सस्ता–महँगा जस्ता चीज दिए पनि उनीहरू हर्षित हुन्छन् । छोराछोरीहरू आमाको मुख हेर्ने दिन आफ्नी आमालाई केही नौलो र अमूल्य उपहार दिन चाहन्छन् । आमाको मुख हेर्ने दिन मिठाईं, फलफूल, जुस, केक आदिका साथमा साडी, जुत्ता, नेकलेस, टप, औंठी, ब्याग, घडी, मासिक बैंक ब्यालेन्स, घुम्ने प्याकेज, स्पा प्याकेज, मोबाइल, ल्यापटप आदि उपहार प्रदान गर्न सकिन्छ । आमाको उमेर, रुचि एवं आवश्यकता मिल्ने उपहार छान्न सक्नुपर्छ ।
हिजोआजका व्यस्त व्यक्तिहरूलाई अनलाइन सपिङले निकै सजिलो बनाइदिएको छ । अनलाइन सपहरूमा केकदेखि नयाँ मोडलका साडी, सल, जुत्ता, ब्याग, मोबाइल, एसेसरिज, आइफोन, ल्यापटप आदि सामग्री छानीछानी खरिद गर्न सकिन्छ । त्यस्ता सामान घरसम्मै पुग्ने व्यवस्था मिलाएर विदेशमा बस्नेहरूले समेत आफ्नी आमालाई उपहार उपलब्ध गराउन सक्छन् ।