Successfully Copied

अहिलेको मौसम सुहाउँदो मेकअप

पाउडरबिनाको मेकअप उपयुक्त हुन्छ । पाउडर लगाउँदा छाला फाटेजस्तो देखिन्छ । त्यसकारण पाउडररहित मेकअप अहिलेको मौसम सुहाउँदो हुन्छ ।

बिजु श्रेष्ठ

स्वप्निल ब्युटी क्लिनिक, इटहरी

अहिलेको मेकअप ट्रेन्ड कस्तो छ ?

पहिले महिलाहरू लिक्विड प्रोडक्ट प्रयोग गर्थे तर त्यो वाटरप्रुफ हुँदैनथ्यो । अहिले वाटरप्रुफ कस्मेटिक प्रयोग हुन थालेको छ ।

पहिले र अहिलेको मेकअपमा के फरक छ ?

पहिलेको मेकअप केही समयपछि मेटिन्थ्यो । अहिले मेकअप गरेको जति लामो समय हुँदै जान्छ उति अनुहारको चमक बढ्छ ।

अहिलेको मौसम सुहाउँदो मेकअप कस्तो हुनुपर्छ ?

पाउडरबिनाको मेकअप उपयुक्त हुन्छ । पाउडर लगाउँदा छाला फाटेजस्तो देखिन्छ । त्यसकारण पाउडररहित मेकअप अहिलेको मौसम सुहाउँदो हुन्छ ।

छाला फाट्न नदिन कसरी मेकअप गर्ने ?

करेक्टिभ अर्थात् सुधारात्मक मेकअप गर्ने । यस्तो मेकअपमार्फत दबेको भाग उठाउन सकिन्छ भने उठेको भागलाई लुकाउन सकिन्छ ।

मेकअपमा कलर खेलाउनु कत्तिको आवश्यक छ ?

आवश्यक छ । प्राकृतिक रंगलाई मिश्रण गरेर अर्थात् कलर खेलाएर मेकअप गर्न सक्नुपर्छ । यस्तो मेकअप प्राकृतिक (नेचुरल) देखिन्छ ।

दैनिक मेकअपमा समावेश गर्नुपर्ने प्रसाधन के–के हुन् ?

टोनिङ, मोइस्चराइजिङ, प्राइमर, फाउन्डेसन, लिपिस्टिक, गाजल, आइस्याडो दैनिक मेकअपका आवश्यक सौन्दर्य प्रसाधन हुन् । यी प्रसाधन सबै उमेर समूहका महिलाले दैनिक प्रयोग गर्नसक्छन् ।

 Image