Successfully Copied

रोनालीलाई ईको इन्टरनेसनलमा कन्जिनियालिटी अवार्ड

हालै इजिप्टमा सम्पन्न मिस ईको इन्टरनेनसल २०१७ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएकी २१ वर्षिया रोनाली अमात्यलाई मिस कन्जिनियालिटी अवार्डमा सफलता प्राप्त भएको छ ।

हालै इजिप्टमा सम्पन्न मिस ईको इन्टरनेनसल २०१७ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएकी २१ वर्षिया रोनाली अमात्यलाई मिस कन्जिनियालिटी अवार्डमा सफलता प्राप्त भएको छ । विश्वका साठी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको यो प्रतियोगिताको ग्राण्ड फिनालेमा क्यानेडियन सुन्दरी एम्बर बर्नाचीले मुख्य उपाधिको ताज पहिरिएकी छिन् । प्रतियोगितामा पाकिस्तानकी अन्झेलिका ताहिर फस्ट रनर अप, बेल्जियमकी फेनी भेरिकास सेकेन्ड रनर अप, भियतनामकी नुगेन थान थर्ड रनर अप तथा बेलारुसकी अनास्तासिया क्याप्टस्जु फोर्थ रनर अप चयन भएका थिए ।

मोडल हन्ट नेपाल २०१६ की विजेता रोनाली अमात्य ग्रीन आर्ट्स मिडियाले मिस ईको इन्टरनेसलका लागि संचालन गरेको अडिसनमा उत्कृष्ट चयन भए पछि मिस ईको इन्टरनेसनल नेपालका रुपमा छनौट भएकी हुन् । मिस ईको इन्टरनेसनल २०१७ का लागि रोनालीको सहभागिताको सम्पूर्ण व्यवस्था र संयोजन ग्रीन आर्टस् मिडियाले नै गरेको हो । यस अघि सन् २०१५ मा सोही प्रतियोगितामा नेपालबाट प्रिन्सा श्रेष्ठ र २०१६ मा नगमा श्रेष्ठले सहभागिता जनाएका थिए ।

 

 Image