Successfully Copied

परिवर्तनका लागि महिला सक्षम हुनुपर्ने

गत महिना काठमाडौंस्थित होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रममा चर्चित साहित्यकार तसलिमा नसरिनका साथै विभिन्न क्षेत्रमा स्थापित नेपाली महिला, सामाजिक अभियन्ता एवं राजनीतिकर्मीको बाक्लो उपस्थिति थियो ।

गत महिना काठमाडौंस्थित होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रममा चर्चित साहित्यकार तसलिमा नसरिनका साथै विभिन्न क्षेत्रमा स्थापित नेपाली महिला, सामाजिक अभियन्ता एवं राजनीतिकर्मीको बाक्लो उपस्थिति थियो । त्यहाँ दक्षिण एसियाका अरू तीन सफल महिला व्यक्तित्व पनि थिए । महिला सशक्तीकरणसम्बन्धी चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको ‘विमेन स्पिक’ शीर्षकको उक्त कार्यक्रममा तसलिमाले ‘बी बोल्ड फर चेन्ज’ शीर्षकमाथि आफ्ना विचार व्यक्त गरिन् ।

तसलिमाले भनिन्–‘महिलाहरूलाई दबाइएको छ, हामी तीन–चार जना बोल्न सक्ने वा सफल महिला जम्मा पारेर अरू पिछडिएकालाई भुल्नु हुँदैन ।’ तसलिमाका अनुसार अब महिलाले पुरुषसरह नभएर पुरुषले पो महिलासरह काम गरेर देखाउनुपर्ने बेला आएको छ । उनले महिलाहरू विद्रोही वा एंग्री हुन आवश्यक रहेको समेत बताइन् । तसलिमाले महिला वा कुनै पनि पिछडिएको वर्ग वा समुदायलाई माथि उठाउन नेतृत्वदायी ओहोदामा रहेकाहरूको आइडियोलजिकल कमिटमेन्ट (सैद्धान्तिक दृढता) ले भूमिका खेल्ने बताइन् ।

साउथ एसियन डेभलपमेन्ट फोरमद्वारा उक्त कार्यक्रममा तसलिमासँगै चिनियाँ उद्यमी जुन्हुवा वु, भारतीय व्यवसायी रीता सिंह तथा नेपालकी गायिका आनी छोइङ डोल्मालाई वक्ता बनाइएको थियो । वुले भनिन्–‘महिलाहरू दृढ भएर लागे जे पनि गर्न सक्छन्, पुरुषसरह गर्न सक्छन् ।’ गायिका आनी छोइङले आफू रिसाहाबाट शान्त पात्र बन्दाको अनुभव सुनाउँदा तसलिमाले फरक मत राखेकी थिइन् । ‘शान्त हौ, नबोल भनेर हाम्रो ब्रेनवास गरिएको छ, त्यसैले हामी दबिएका छौं,’ तसलिमाले त्यसो भन्दा आनीले सम्झाइन्, ‘हो, हामी रिसाउनुपर्छ तर हाम्रो रिस बौद्धिक हुनुपर्‍यो । रिसलाई ऊर्जामा परिणत गर्न पनि शान्ति चाहिन्छ ।’ 

 Image