Successfully Copied

सुधा गुरुङ बनिन् ब्युटिसियन नेपाल २०१७

सौन्दर्य व्यवसायिहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन नेपाल २०१७’ मा आफ्ना २७ जना सहभागिहरुलाई पछि पार्दै सुधा गुरुङले मुख्य उपाधिको ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् ।

सौन्दर्य व्यवसायिहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन नेपाल २०१७’ मा आफ्ना २७ जना सहभागिहरुलाई पछि पार्दै सुधा गुरुङले मुख्य उपाधिको ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् । सुधाले ट्यालेन्ट र वेष्ट मेकअप विधाको अवार्डमा पनि आफ्ना नाम दर्ता गराइन् । प्रतियोगिताको फस्ट रनर अपमा सुष्मा बोगटी र सेकेन्ड रनर अपमा अस्मिता महर्जन विजेताका रुपमा छनौट भए । सुष्माले इन्टेलिजेन्ट अवार्ड पनि जितिन् भने अस्मिता बेष्ट मेहेन्दी आर्ट उत्कृष्ट ठहरिएकी थिइन् । अमेजन इन्टरटेन्मेन्टको आयोजनामा राजधानीमा शनिबार सम्पन्न सो प्रतियोगितामा हिमानी सुब्बाको कोरियोग्राफी रहेको थिए । प्रतियोगितामा प्रमिला तामाङ शाही थर्ड रनर अप र कृषा पोखरेल सेकेन्ड रनर अप चयन भएका थिए । 

प्रथम मिस नेपाल रुबी राणा, कोरियोग्राफर कला सुब्बा, अभिनेता सुशील क्षेत्री लगायतको निर्णायक मण्डलले सहभागिहरुको मुल्यांकन गरेको सो प्रतियोगितामा विभिन्न नृत्य प्रस्तुतिले मनोरञ्जनको खुराकको काम गरेको थियो । प्रतियोगितामा भूमिका पन्थ वेष्ट हेयर, सम्झना राई वेष्ट स्कीन, सुलोचना डंगोल फोटोजेनिक, सुजना बराल पर्सनालिटी, कल्पना लिम्बु वेष्ट ड्रेस, प्रिति अवाले क्याटवाक, निर्मला विष्ट वेष्ट स्माइल र कृषा पोखरेल डिसिप्लीन अवार्डमा विजेता चयन भएका थिए । यसैगरी कार्यक्रममा अनुशा लामा पपुलर, ममता चौधरी एक्टिभ, पुर्णिमा लामा कन्फिडेन्ट, अनु श्रेष्ठ ब्युटीफुल, मिरु बरिया चार्मिङ, सोनिका महर्जन वेष्ट ब्राइडल, विष्णु मल्ल वेष्ट इन नेल आर्ट, मालती वेष्ट इन जुरो तथा अनुशा लामा भिअर च्वाइस अवार्डमा बाजीमा मार्न सफल भएका थिए ।

 Image