प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
आउटलेट : लक्ष्मी गहना गृह, शंखमूल रोड
विशेषता : आधुनिक तथा परम्परागत सुनका गहनाको लोकप्रिय गन्तव्य
गहनाको लोकप्रिय गन्तव्यमध्ये एक हो–बुद्धनगरस्थित लक्ष्मी गहना गृह । यहाँ आधुनिक तथा परम्परागत गहना अर्डरबमोजिम तयार पारिनुका साथै आकर्षक मेसिनरी सुनका गहना पनि उपलब्ध हुन्छन् । अहिले आममहिलामा अन्तर्राष्ट्रिय शैलीअनुरूपका गहना लगाउने होड बढ्दो छ । यी सबै कुरालाई मध्यनजर गर्दै गहनाका परिस्कृत डिजाइन तयार पार्न सजग लक्ष्मी गहना गृहले सबैको विश्वास जितेको छ । यहाँ हरेक मौसम तथा समारोहका लागि उपयुक्त सुनका गहना खरिद गर्न सकिन्छ ।