सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
बर्जर पेन्ट्सले घरलाई चिटिक्क बनाई धेरैभन्दा धेरै नगद रिवार्ड दिन बर्जर नगदपति सार्वजनिक गरेको छ । यो अफर प्रवद्र्धनका लागि कम्पनीले नायिका प्रियंका कार्कीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यो अफरअन्तर्गत लक्की ड्रमार्फत घरधनीले बम्पर रिवार्ड स्वरूप रु. १० लाख जित्न सक्नेछन् । यसैगरी लक्की ड्रमार्फत २ जना घरधनीले रु. १–१ लाख, ३ जना घरधनीले रु. ५०–५०हजार, ४ जना घरधनीले रु. २५–२५ हजार तथा १० जना घरधनीले रु. १०–१०हजार जित्न सक्नेछन् ।
त्यसका साथै प्रियंका कार्की तथा विशेषज्ञहरूको निर्णायकहरूले नेपालका प्रत्येक क्षेत्रबाट १० उत्कृष्ट घर चयन गर्नेछन् जसबाट घरधनीले रु. १ लाखसम्म जित्न सक्नेछन् । जुरी च्वाइस तथा पब्लिक च्वाइस अवार्ड (बर्जरको फेसबुक पेजमा घरको फोटो अपलोड गरी सबैभन्दा धेरै लाइक पाउने घरधनी) अन्तर्गत उत्कृष्ट दुई घरधनीले रु. १०–१०हजार प्राप्त गर्नेछन् भने सहरोन्मुख क्षेत्रका ३० उत्कृष्ट घरधनीले रु. १५–१५ हजार नगद प्राप्त गर्नेछन् । पक्का रिवार्डका रूपमा अफरमा योग्य घरधनीले १ सय वर्ग फिट सिल्क इल्युजन डिजाइनर्स फिनिस नि:शुल्क प्राप्त गर्न सक्ने बर्जर पेन्ट्सले जनाएको छ ।