कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘ब्युटिसियन नेपाल – २०१७’ तेस्रो सिजनका लागी ३१ जना अन्तिम प्रतिस्पर्धाका लागी छनौट भएका छन् । केही दिन अगाडी काठमाडौको सि–डब्लु होटलमा ‘ब्युटिसियन नेपाल – २०१७’को ट्यालेन्ट शो सम्पन्न भएको छ । छनौट भएका ३१ प्रतिस्पर्धीले नृत्य, कविता, गीत गायन तथा अन्य धेरै प्रतिभाहरु देखाएका थिए । सधै वर्षहरुमा जस्तै यस वर्षका प्रतिस्पर्धीहरु धेरै ट्यालेन्टेड भएकाले छनौट गर्न गाह्रो परेको एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले बताइन् ।
महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘ब्युटिसियन नेपाल – २०१७’को आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए । चैत २६ गते काठमाडौ मलको ग्लालेक्सी हल काठमाडौमा फाइनल हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।