दूरी फरक, एउटै मन
पब्लिक हेल्थ रिसर्चर सुरज र फुडमान्डुकी म्यानेजर रक्षा । विवाह भएको धेरै समय भएको छैन, तर उनीहरूको जीवनमा भरपूर सम्झना सञ्चित भइसकेका छन् ।
गुरु र शिष्य बीचको सम्बन्धलाई आधार मानेर प्रज्ञा प्रतिष्ठानमा कत्थक रिदम्स एन्ड एक्सप्रेसन शीर्षकको एउटा कार्यक्रम सम्पन्न भएको छ । भारतीय नृत्य गुरु शिखा खेरले आफ्ना नेपाली शिष्य सुविमा श्रेष्ठको अनुरोधमा नेपाल आएर शिष्यसँगै उक्त प्रस्तुति दिएकी हुन् । कार्यक्रमको सुरुवात गुरु भजनबाट भएको थियो । त्यसपछि क्रमश : गुरु र शिष्यका कत्थक नृत्यहरू प्रस्तुत गरिए । धमार तालमा सुविमा र चार तालकी सवारीमा गुरु शिखाले प्रस्तुति दिएका थिए । दुवैले नृत्य पक्षमा भाव र टेक्निकका साथ दादरा प्रस्तुत गरे । कार्यक्रमको बीचमा शिखा खेरले दिएको वर्कसपका सहभागी कलाकारहरूको कत्थक पनि समावेश थियो ।
उक्त अवसरमा नेवारी रिदममा गुरु र शिष्यको जुगलबन्दी अत्यधिक रुचाइयो जसमा नेवार धा: बाजामा सुविमा तथा सरोद एवं तखाबज (खिं) बाजामा गुरु–चेली प्रस्तुति दिएका थिए । जय श्री संगीत सोसाइटी एवं नृत्य आँगनले संयुक्त रूपमा आयोजना गरेको कत्थक रिदम्स एन्ड एक्सप्रेसनमा बरिष्ठ तबलावादक रविनलाल श्रेष्ठ, सरोदबादक सुरेशराज बज्राचार्य, गायक श्री केसी, गायिका जोनीशा पौडेलले कत्थक नृत्यमा सांगीतिक साथ दिएका थिए । कार्यक्रमपछि शिखा खेरले नेपालका संगीतपारखी तथा यहाँको सांगीतिक वातावरणबाट आफू प्रभावित भएको कुरा उल्लेख गर्दै भनिन्–‘यो मेरो जीवनकै वेस्ट परफोमेन्समध्ये एक हो । म अब फेरि नेपालमा कार्यक्रम गर्ने सोच बनाएर पर्कदैछु ।’
शब्द : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : श्रुति श्रेष्ठ