नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
मेरो चाहना सार्थक जीवन ।
मेरो संकल्प कामप्रति दत्तचित्त ।
मेरो इच्छा सकारात्मक परिवर्तन ।
मेरो बलियो पक्ष दृढता ।
मेरो घर मेरो संसार ।
मेरा सन्तान मेरो जिम्मेवारी ।
मेरो सपना नेपाली शैक्षिक
क्षेत्रको अन्तर्राष्ट्रियकरण ।
मेरो कमजोरी छिट्टै माया–दया गर्ने ।
मेरो आकांक्षा बालमैत्री शिक्षा ।
मेरो प्रेम विद्यार्थी ।
मेरो समर्पण मेरो काम ।
मेरा श्रीमान् भरोसा ।
मेरो रुचि शिक्षण ।
मेरो जीवन चुनौतीपूर्ण भए पनि अत्यन्तै सुन्दर र सन्तोषजनक छ मेरो जीवन । मेहनत र संघर्षले जीवनमा खुसी प्राप्त भएको छ ।
प्रस्तुति : लक्ष्मी भण्डारी थापा