फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।
मण्डला थिएटरसँगको सहकार्यमा थिएटरकै एघारौं ब्याचका प्रशिक्षार्थीहरूको प्रस्तुति एकबोली एक दाम मण्डला थिएटरमा फागुन महिनाभरि मञ्चन गरियो । गोविन्द पराजुलीको यो नाटकलाई सिजन दाहालले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली दन्त्यकथालाई नाट्य स्वरूप दिइएको एकबोली एक दाम पूर्णरूपले मनोरञ्जक नाटक हो । जीवन भट्टराई, सुदाम सिके, शक्ति राई, संगीत सापकोटा, आधा सूर तथा दीपक श्रेष्ठले अभिनय गरेको यो नाटकका परिकल्पनाकार एवं निर्देशक प्रवीण खतिवडा हुन् ।