महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि
हेमन्त राना, गायक
साइँली गीत भाइरल हुनुको कारण गीत राम्रो भएरै हो ?
पक्कै पनि, साइँलीको गीत राम्रैसँग भाइरल भएको छ । शब्द, संगीत, गायन, म्युजिक भिडियो निर्देशन तथा मेनुका प्रधान र गौरव पहाडीको मन छुने अभिनयले गर्दा यसले धेरैको मन जितेको छ । यो गीतका युटयुव भ्युअर्स १५ दिनभित्र ५६ लाख कट्नुमा सामाजिक सञ्जालको पनि प्रमुख भूमिका छ ।
यसका दर्शक–श्रोताहरू कस्ता छन् ?
यो गीत बेरोजगार भएर वा सम्पत्ति कमाउन बाध्य भएर विदेसिएका युवाहरूको आफ्नै कथा हो । अहिले प्राय: हरेक घरका कुनै न कुनै सदस्य विदेसिएको अवस्थामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू नै साइँलीका श्रोता–दर्शक हुन् ।
यो गीत बनाउँदा यसले यति माया पाउँछ भन्ने अपेक्षा गर्नुभएको थियो ?
गीत राम्रो बन्छ भन्ने पक्का थियो तर अहिले फास्ट ट्रयाकका नाच्ने गीत चलिरहेको अवस्थामा श्रोताहरूले कसरी लिन्छन् भन्ने द्विविधा पनि त्यत्तिकै थियो । यो गीतको कम्पोजले मेरो मन छोएको थियो ।
साइँली नै तपाईंको पहिलो लोक पप गीत हो ?
हो, यो मेरो स्वरको पहिलो लोक पप गीत हो । म मुख्यत: सुफी तथा आधुनिक गीत गाउँछु र म लै जा चरीजस्ता गीत नै गाउन रुचाउँछु ।
यो तपाईंको कति औं गीत हो ?
यो मेरो ५० औं गीत हो । यो मेरो चौथो एल्बमको गीत हो ।
तपाईंलाई मनपर्ने गायक–गायिका ?
नारायण गोपाल, भक्तराज आचार्य, अहिलेका सन्तोष लामा, धर्मेन्द्र सेवान आदि । गायिकामा श्रेया सोताङ तथा सुवानी मोक्तानको स्वर निकै मन पर्छ ।