हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते आजबाट सुरु भयो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ विद्यार्थी सहभागी छन् । तीमध्ये छात्र २ लाख ३० हजार ८ सय ८० तथा छात्रा २ लाख ३३ हजार ८ सय ६३ जना छन् । पछिल्लो तीन वर्षयता १० कक्षाको अन्तिम परीक्षा दिनेमा छात्रको तुलनामा छात्राको संख्या बढी छ । ०६४ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यो वर्ष १० कक्षाको परीक्षा दिन लागेका हुन् ।
शिक्षा विभागका अनुसार वर्ष २०६४ मा कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भएका थिए । भर्ना भएकामध्ये ८ लाख ६९ हजार विद्यार्थी कक्षा १० सम्म पनि आइपुगेनन् । १ कक्षामा भर्ना भएकामध्ये ३५ प्रतिशत विद्यार्थी मात्र १० कक्षामा परीक्षा दिइरहेका छन् । ‘यसअघि कक्षा १ मा भर्ना भएकामध्ये १२ देखि १५ प्रतिशत मात्रै १० कक्षासम्म आइपुग्थे । भर्ना भएकामा ६ लाख ५१ हजार ८ सय ७२ छात्रा र ६ लाख ८२ हजार ३ सय २३ छात्र थिए । यसअनुसार छात्राभन्दा ३० हजार बढी छात्र थिए । परीक्षा दिनेमा छात्रभन्दा ३ हजार बढी छात्रा छन् । यो तथ्यले छात्राको तुलनामा छात्रको ड्रप आउट (पढ्न छाड्ने) बढी भएको देखिन्छ ।