सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले ज्येष्ठ नागरिकको संरक्षणमा सन्तानले आफ्नो आर्जनको कम्तीमा १० प्रतिशत रकम अनिवार्य रूपमा खर्च गर्नुपर्नेसहितको नीति लागू गर्ने कार्ययोजना अघि सारेका छन् । मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले आफ्नो कार्ययोजना ज्येष्ठ नागरिकको अधिकार एवं महिलाको स्वास्थ्य सुधारमा केन्द्रित रहेको जानकारी गराए । उनले आफूलाई साना छँदा हुर्काउने र शिक्षादीक्षा दिने बाबुआमाका लागि सन्तानले आफ्नो आम्दानीको कम्तीमा १० प्रतिशत रकम खर्चनुपर्ने नीतिगत व्यवस्था गरिने बताए ।
‘अभिभावकको लालनपालनमा छोरा र बुहारी जिम्मेवार हुनैपर्छ, अविवाहित छोरीको हकमा समेत यो नीति लागू हुन्छ,’ उनले भने । उनले प्रत्येक जिल्लामा ज्येष्ठ नागरिकका लागि वृद्धाश्रमको निर्माण गर्ने लक्ष्यअनुरूप आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा एक–एकवटा नमुना सशुल्क वृद्धाश्रम निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।