‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
विवाहित गुरुङ महिलाहरुमा केन्द्रित रहने प्रतियोगिता ‘मिसेस् तमुस्यो’ को पहिलो संस्करणको तयारी अगाडि बढाइएको छ । यस अघि मिसेस् तामाङ आयोजना गरेको संस्था एसके इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको मिसेस् तमुस्यो प्रतियोगिताले गुरुङ समुदायको भाषा, कला संस्कृति, मौलिक भेषभुषा र समग्रमा जातिय पहिचानलाई सौन्दर्य प्रतियोगिता मार्फत् प्रवद्र्धन गर्नुका साथै विवाहित गुरुङ महिलाहरुको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास र सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्य लिएको आयोजक पक्षले उल्लेख गरेको छ ।
प्रतियोगितामा सहभागि हुन चाहने विवाहित गुरुङ महिला कम्तिमा पााच फिट उाचाईको हुनुपर्ने तथा शैक्षिक योग्यताको हकमा कम्तीमा एसएलसी उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ । सहभागिता लागि आवेदन खुल्ला गरिएको यो प्रतियोगिताको प्रशिक्षण अडिसन राउन्ड सम्पन्न भएपछि हुने र करिब एक महिनाको तालिम पश्चात् ‘मिसेस् तमुस्यो’ चयन गरिने बताइएको छ ।