कर्णालीका डाक्टर
सुर्खेतको गाउँटोल र छेउछाउका डाँडाकाँडा डुल्दै डा. नवराज केसीको बाल्यकाल बित्यो । बालरोग विशेषज्ञ भएपनि उनी अहिले महिलाका डाक्टर हुन् ।
नेपाल युवा संस्था संञ्जाले जाउलाखेलस्थित स्टाफ कलेजमा नमुना युवा महिला व्यवस्थापिका –संसद कार्यक्रम आयोजना गरेको छ । युएनडिपिको सहयोगमा आयोजित उक्त कार्यक्रममा युवालाई संसदका बारेमा सचेतना गराउनका लागि नमुना संसदलाई व्यवहारिक रुपमा प्रष्ट्याइएको थियो । जसरी नेपालमा संसदका क्रियाकलाप हुन्छन् उसैगरि कार्यक्रममा प्रस्तुत गरियो । संसदका बारेमा अनभिज्ञ युवाहरुलाई चेतना जगाउन मात्र हैन कि युवा महिला व्यवस्थापिका–संसदका बारेमा कार्यक्रमभरि जानकारि दियो । उक्त कार्यक्रममा सभामुख, अपसभामुख, प्रधानमन्त्री पदका लागि क्रमस: निनम्मा राई, दृष्टि शर्मा, प्रकृति भट्टराई मनोनयन गरिएको थियो ।
यस नमुना महिला व्यवस्थापिका–संसद कार्यक्रममा महिला युवा घोषणापत्र लगायत आवस्यक सम्पूर्ण कानुनि प्रक्रियालाई अवलम्वन गर्दै महिला युवाहरुले उल्लेख्य ढंगले कार्यक्रम सम्पन्न गरेका छन् ।
सन् २००५मा सुरू भएको नेपाल युवा संस्थाले देशका विभिन्न जिल्लाहरुमा सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
तस्विरमा कार्यक्रमका नमुना महिला व्यवस्थापिका–संसदका झलकहरु :





