श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
सरिता अधिकारी, बिष्ट (शेयर ब्रोकर तथा प्रबन्ध–निर्देशक, लिन्च स्टक मार्केट लिमिटेड नयांबानेश्वर)
शेयर बजारमा महिलाको उपस्थिती कस्तो छ ?
–पछिल्लो समयमा उल्लेख्य रुपमा बढ्दै गइरहेको छ जुन अत्यन्तै उत्साहाप्रद देखिन्छ । महिलाहरु शेयर कारोबारका क्षेत्रमा राम्रा सहभागी बनेर निस्किएका छन् ।
यसबाट महिलालाइ हुने फाईदा ?
–घरैमा बसी–बसी काम गर्न सकिने, कारोबारको समय ११ देखी ३ बजे सम्म मात्रै हुने हुनाले महिलाले घरको काम सकेर यसमा समय दिन पाउने, ईन्टरनेट सुबिधा भएका स्थान जहांबाट पनि सहजै काम हुने लगायतका कुरा यसका फाइदा हुन् ।
यसमा लागेर आर्थिक रुपमा सवल हुनसक्ने सम्भावना कत्तिको रहन्छ ?
– सर्वप्रथम त जे काम गर्नलाइ पनि पुंजी चाहिन्छ । बिना पुंजी लगानी सम्भव छैन तर यसमा पेवाको सानो–तिनो पैसा लगानी गरेर पनि राम्रै फाइदा लिन सकिन्छ । आफ्नो क्षमता अनुसारको लगानीबाट पुंजी बृद्धि गर्दैै अगाडी बढ्न सकिने ठाउंहरु प्रशस्त रहन्छन् यसभित्र ।
यो महिलाका लागी कस्तो पेशा हो ?
–अत्यन्तै सुरक्षित पेशा हो । कसैको हैकममा बसेर काम गर्न पर्दैन् । आफ्नो फुर्सदको समयलाइ उपलब्धी मुलक काममा लगाउन सकिन्छ ।
शेयर ब्रोकर बन्न के गर्नुपर्छ ?
–अर्थशास्त्र बिषय पढेको र यो क्षेत्रमा अनुभव प्राप्त हुनुपर्छ । मैले २०६४ सालमा लाईसेन्स लिंदा महिला आरक्षण कोटा पनि थिएन् । त्यो बेला जम्मा २७ जनाका लागी खुल्ला प्रतिस्प्रधाद्धारा लिखित, मौखिक र बिभिन्न अनुभवहरुको आधारमा परिक्षा लिइएको थियो र सोही आधारमै अंक प्राप्त गर्नुपथ्र्यो । त्यस मध्ये टप–२७ मा पर्नेले लाइसेन्स प्राप्त गरेको हो । तसर्थ यो ईच्छा मात्रै भएर हुंदैन् । योग्यता, क्षमता र समयमा भर पर्ने कुरा हो ।