Successfully Copied

स्पा ट्रिटमेन्टले मानसिक एवं शारीरिक रूपमा सुन्दर बनाउँछ

स्पा ट्रिटमेन्टले मानसिक एवं शारीरिक रूपमा सुन्दर बनाउँछ । यसले मृतकोष हटाएर छालालाई नरम बनाउँछ भने मानसिक तथा शारीरिक थकान हटाई रिचार्ज गर्न मद्दत गर्छ ।

रेखा कायस्थ

टिकिझ्या स्पा, दरबारमार्ग

स्पा किन आवश्यक छ ?

स्पा ट्रिटमेन्टले मानसिक एवं शारीरिक रूपमा सुन्दर बनाउँछ । यसले मृतकोष हटाएर छालालाई नरम बनाउँछ भने मानसिक तथा शारीरिक थकान हटाई रिचार्ज गर्न मद्दत गर्छ ।

स्पा ट्रिटमेन्टमा के हुन्छ ?

स्पा ट्रिटमेन्टमा टाउकोदेखि पैतालासम्मको उपचार हुन्छ । टाउकोमा तेल हालेर मसाज गरी आनन्द प्रदान गर्ने प्रयास गरिन्छ । मसाजका लागि एन्टिअक्सिडेन्ट तेल प्रयोग गरिन्छ । शरीरका विभिन्न प्रेसर प्वाइन्ट पहिचान गरी उपचार गरिन्छ । सर्वप्रथम शरीर सफा गरिन्छ । त्यसपछि स्क्रब लगाएर मृत छाला हटाई सर्कुलर मसाज गरिन्छ । त्यसपछि बडी प्याक लगाइन्छ । स्टिम बाथको व्यवस्था नभए रुमाललाई तातोपानीमा भिजाएर काम चलाइन्छ । 

बडी स्पा कति प्रकारका हुन्छन् ?

स्पा विविध प्रकारका हुन्छन् । जसमध्ये अरोमा स्पा, स्टोन थेरापी, हाइड्रो स्पा, मड प्याक थेरापी तथा सी सल्ट थेरापी अहिले निकै लोकप्रिय छन् । हाइड्रो थेरापीमा पानीको माध्यमबाट थेरापी दिइन्छ । सी सल्ट थेरापीमा समुद्रको नुनले शरीर मालिस गरिन्छ । मड स्पामा विभिन्न प्रकारका माटो प्रयोग गरिन्छ ।

स्पाबाट शरीरलाई के–के फाइदा हुन्छ ?

शरीर तथा मस्तिष्क दुवैलाई वार्म अप गरेर मानिसको व्यस्त जीवनशैलीको तनाव तथा विभिन्न शारीरिक समस्या कम गर्न सकिन्छ । यसले शरीरमा पहिलेजस्तै शक्ति पैदा गर्छ । स्पाका विविध पद्धति छन् जसबाट विविध रोगको उपचार पनि हुन्छ । उदाहरणका रूपमा भन्नुपर्दा स्टोन थेरापीले युरिक एसिड तथा ढाडको समस्या कम गर्छ भने थाई मसाज गराउँदा शरीर दुख्ने समस्या कम हुन्छ ।

 Image