दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।
गएको सोमबार युवतीहरुमा केन्द्रित मिस ग्लोब इन्टरनेसनल नेपालको दोस्रो संस्करण पनि सम्पन्न भएको छ । स्टार वन् इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्रतियोगितामा ट्यालेन्ट र मोस्ट एक्टिभ विधाको अवार्ड सहित मिना बासकोटाले मुख्य उपाधि जित्न सफल भइन् । सो प्रतिस्पर्धामा क्याटवाक र फोटोजेनिक विधाको अवार्ड सहित रविना खरबुजा फस्ट रनर अप, फेसन आइकन र फेसबुक च्वाइस अवार्ड सहित सञ्जु न्यौपाने सेकेन्ड रनर अप तथा मोस्ट फ्रेन्ड्ली अवार्ड सहित बबी श्रेष्ठ थर्ड रनर अप घोषित भएका छन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको उल्लेखीत प्रतिस्पर्धामा सिजिगा भुषाल मोष्ट पपुलर र मोष्ट डिसीप्लीेन्ड, अनिषा श्रेष्ठ वेष्ट हेयर, आयुषा कार्की वेष्ट स्कीन, देवी लामा मिस पर्सनालिटी, स्वस्तीका मोक्तान मष्ट चार्मिङ, सविता खड्का वेष्ट डान्स, रिया सिंह श्रेष्ठ वेष्ट फिटनेस, अञ्जली तिमल्सिना मिस व्युटिफुल, समृद्धि रेग्मी मिस कन्जिनियालिटी, रञ्जीता चौलागाईं मष्ट व्युटिफुल आईज, रञ्जना डांगी वेष्ट फिजीक, सृष्टी श्रेष्ठ मष्ट कन्फिडेन्ट र अरुणा बराइली वेष्ट स्माइलको विधातर्फ उत्कृष्ट चयन भएका थिए ।