‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
‘फेश अफ क्लासिक डायमण्ड २०१७’ को यात्रा फागुण १४ गते शनिबार सम्पन्न भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मुना गौचनले वर्ष २०१७ का लागि फेश अफ क्लासिक डायमण्ड बन्ने अवसर जुराएकी हुन् । प्रतिस्पर्धामा सोनी श्रेष्ठले फस्ट रनर अप तथा सोरु बराइलीले सेकेन्ड रनर अपको अवार्ड हात पार्न सफल भए । फेश अफ क्लासिक डायमण्ड २०१७ को अवार्ड संगै मुनाले एक लाख बराबरको पुरस्कार हात पारेकी छिन् । जसमा नगद पचास हजार तथा पचास हजार बराबरको ज्वेलरी हुनेछ । मुना क्लासिक डायमण्ड ज्वेलरीका लागि ब्रान्ड एम्बेसडर समेत नियुक्त भएकी छिन् ।

यसैगरी फस्ट रनर अप बनेकी सोनीले पचास हजार बराबरको पुरस्कार जितेकी छिन् । जसमा नगद पुरस्कार पच्चीस हजार तथा पच्चीस हजार बराबरको ज्वेलरी रहेको छ । सेकेन्ड रनर अप बनेकी सोरुले पच्चीस हजार बराबरको पुरस्कार जितेकी छिन् जसमा नगद पुरस्कार बाह्र हजार पााच सय र बाह्र हजार पाँच सय बराबरको ज्वेलरी रहेको छ । विजेता तीन जनाले क्लासिक डायमण्ड ज्वेलरीको वर्ष २०१८ को क्यालेन्डरको शोभा बढाउने छन् भने सो ज्वेलरीको टेलिभिजन विज्ञापनमा पनि मोडलिङ गर्ने छन् ।

तस्विहरू : महेश प्रधान