विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
पाँच वर्षअघि भारतको मुम्बईबाट सुरु भएको पिंकाथन भोलि अर्थात सुक्रबार दशरथ रंगशालामा हुँदैछ । लिजरपोर्टको आयोजना तथा नेपाल एथलेटिक्स संघको सहयोगमा हुने प्रतियोगितामा नेपालका युवायुवती तथा महिलाहरुले भाग लिदैछन् । छातिको क्यान्सरबारे जनचेतना जगाउने उद्देश्य लिएर हुन लागेको यो प्रतियोगिता अन्तर्गत ४ विधामा प्रतिस्पर्धा हुनेछ । महिलाहरूको मात्र सहभागिता रहने पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा हुनेछ ।
३ र ५ किलोमिटर प्रतिस्पर्धात्मक विधा होइनन् । १० र २१ किलोमिटरमा भने व्यावसायिक खेलाडीको सहभागिता रहनेछ । २१ किलोमिटरको हाफ म्याराथन विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । हाफ म्याराथनका शीर्ष २ जनाले २०१८ को मुम्बई म्याराथनमा भाग लिन पाउनेछन् ।
१० किलोमिटरका विजेताले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको हाफ म्यारथन दशरथ रंगशालाबाट सुरु भएर थापाथली, माइतीघर, बानेश्वर, तीनकुने घुमेर कोटेश्वर हुदै हनुमन्ते पुलबाट फर्केर कोटश्वर तीनकुने नघुमी बानेश्वर, माइतीघर, थापाथली हुदै रंगशालामै आएर सकिनेछ । १० किलोमिटर भने रंगशालाबाट शुरु भएर २१ किलोमिटरकै रूट तर कोटेश्वर चोकबाट फर्कर रंगशालामै आएर सकिनेछ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा दौड सुरु हुनुअघि स्वास्थ जाँचका साथै विभिन्न व्यायम क्रियाकलाप पनि गरिने छ ।