५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
पाँच वर्षअघि भारतको मुम्बईबाट सुरु भएको पिंकाथन भोलि अर्थात सुक्रबार दशरथ रंगशालामा हुँदैछ । लिजरपोर्टको आयोजना तथा नेपाल एथलेटिक्स संघको सहयोगमा हुने प्रतियोगितामा नेपालका युवायुवती तथा महिलाहरुले भाग लिदैछन् । छातिको क्यान्सरबारे जनचेतना जगाउने उद्देश्य लिएर हुन लागेको यो प्रतियोगिता अन्तर्गत ४ विधामा प्रतिस्पर्धा हुनेछ । महिलाहरूको मात्र सहभागिता रहने पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा हुनेछ ।
३ र ५ किलोमिटर प्रतिस्पर्धात्मक विधा होइनन् । १० र २१ किलोमिटरमा भने व्यावसायिक खेलाडीको सहभागिता रहनेछ । २१ किलोमिटरको हाफ म्याराथन विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । हाफ म्याराथनका शीर्ष २ जनाले २०१८ को मुम्बई म्याराथनमा भाग लिन पाउनेछन् ।
१० किलोमिटरका विजेताले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको हाफ म्यारथन दशरथ रंगशालाबाट सुरु भएर थापाथली, माइतीघर, बानेश्वर, तीनकुने घुमेर कोटेश्वर हुदै हनुमन्ते पुलबाट फर्केर कोटश्वर तीनकुने नघुमी बानेश्वर, माइतीघर, थापाथली हुदै रंगशालामै आएर सकिनेछ । १० किलोमिटर भने रंगशालाबाट शुरु भएर २१ किलोमिटरकै रूट तर कोटेश्वर चोकबाट फर्कर रंगशालामै आएर सकिनेछ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा दौड सुरु हुनुअघि स्वास्थ जाँचका साथै विभिन्न व्यायम क्रियाकलाप पनि गरिने छ ।