Successfully Copied

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’को पहिलो चरणमा ५० युवती छानिए

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिमपाटस्थित सम्पदा गार्डेन रिर्सोटमा आयोजित अडिसनमा ८२ जनाले अडिसनमा सहभागी जनाएका थिए ।

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिमपाटस्थित सम्पदा गार्डेन रिर्सोटमा आयोजित अडिसनमा ८२ जनाले अडिसनमा सहभागी जनाएका थिए । तीमध्ये ५० छनोट भएको आयोजकले जनाएको छ ।

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को यो दोस्रो संस्करण हो । यस संस्करणमा अन्तिम प्रतिस्पर्धाका लागि ६० जना छनोट गरिने आयोजक संस्थामा अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए । उनका अनुसार अब १० जनाका लागि आउने साता दोस्रो चरणको अडिसन गरिनेछ । 

‘आदिवासी आवाज’ नारा दिइएको यस प्रतियोगिताको पहिलो अडिसनमा सुपर मोडल नेपाल–२०१६ की विजेता इच्छा कार्की, मोडल विपना थापा, व्यवसायिक उज्वलकृष्ण श्रेष्ठ, अमरज्योति रञिजत, मिस इण्ििडजिनियस हेरिटेज नेपाल–२०१६ की विजेता रुबुशा मानन्धर, आरएनआर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठ, कोरियोग्राफर रोजिन श्रेष्ठ र मोडल क्वेस्ट–२०१६ की विजेता निरिशा बस्नेत  निर्णायक थिए । 

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरुलाई १४ फागुनबाट विभिन्न व्यक्तित्वविकासबारे प्रशिक्षण दिइने आयोजकले जनाएको । 

 Image