डिजिटल रेप : कानुनी व्यवस्था र सजाय
डिजिटल रेप’ भन्नेबित्तिकै हाम्रो मानसपटलमा ‘साइबरक्राइम’ हो भन्ने बुझिन्छ । तर, ‘साइबरक्राइम’ वास्तवमा शरीरबिनाको अपराध हो ।
अल्ट्राधावक मीरा राईले अहिलेसम्म कुनै प्रकारको सौन्दर्य प्रसाधन प्रयोग गरेकी थिइनन् । त्यसैले नारीको आवरणका लागि फोटोसुट भन्नासाथ उनी सुरुमै तर्सिन् । ओहो π मैले त अहिलेसम्म कुनै मेकअप गरेकी छैन । अकबरी सुनलाई कसी लाउनु पर्दैन भनेपछि उनी मन्द मुस्कानका साथ फोटोसुटका लागि तयार भइन् ।
मीरालाई धेरै परिवर्तन गरी देखाउनु आवश्यक थिएन । त्यसैले मेकअप आर्टिस्ट अम्बुले पनि नेचुरल लुक्समै मेकअप गरेर मीरालाई खुसी तुल्याइन् । अल्ट्राधावक मीरा राई नेसनल जोग्राफिकको ‘एड्भेन्चर्स अफ दि इयर–२०१७’ अवार्ड जितेपछि हरेक दिनजसो सम्मान, अन्तर्वार्ता, फोटोसुट आदि कार्यक्रममा व्यस्त छिन् । नारीको फोटोसुट भने बेग्लै तथा रमाइलो भएको मीराले बताइन् ।
भोजपुर सानेदुम्माकी मीराले १४ वर्षमा माओवादीको पूर्णकालीन सदस्य भएर घर छोडेकी हुन् । जनआन्दोलन–२०६२ पछि सैन्य समायोजनमा अयोग्य लडाकुमा परेपछि वैदेशिक रोजगारमा जान मलेसिया भिसा लिएकी मीराले मलेसिया भने जानु परेन । उनी साहसिक दौडमा लागिन् । मीरा २०७० मा हिमालयन आउटडोर फेस्टिबलको ५० किलो मिटर रेसमा प्रथम भइन् । त्यसपछि उनले क्रमश: हिमालयन, मुस्ताङ, मनास्लु, इटाली तथा हङकङमा गरी लगातार ६ वटा रेस जितिन् ।
२०७१ मा हङकङमा भएको एसियाली स्काइ रनिङ च्याम्पियनसिप जितेपछि उनी चर्चामा आइन् । २०७२ मा फ्रान्समा भएको स्काइरनर वल्र्ड सिरिजअन्तर्गत मोन्ट–ब्लान्क रेसमा कीर्तिमानसहित स्वर्ण जितेपछि उनको चर्चा विश्वभर चुलियो । विश्वस्तरको अल्ट्रा रेसमा नेपाली धावकको पहिलो सफलता त्यही नै थियो । मीरा सन् २०१५ को अल्ट्रा स्काइ म्याराथन वल्र्ड सिरिजमा उपविजेता भएकी थिइन् । साहसिक दौडमा छोटो अवधिमै ठूलो सफलता दुर्लभ मानिन्छ ।
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
कभर तस्बिर : महेश प्रधान
मेकअप : अम्बु रुचाल
पहिरन : पिजेड कलेक्सन, मायालु सेन्टर