हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
२०१३ कि मिस नेवा सुदिना श्रेष्ठ अहिले सामाजिक काममा व्यस्त छिन् । सानै उमेरदेखि समाजका लागि केही गर्नुपर्छ भन्ने सोच राख्ने फर्पिङकी सुदिनाले सोसल वर्क नै पढेकी हुन् । अहिले उनी नेप्लिज फेसन होमको वेलफेयर विंक्सकी उपाध्यक्ष हुन् । सुदिना मुख्यत: शिक्षाको क्षेत्रमा आफूले सक्दो काम गरिरहेकी छिन् ।
दुर्गम जिल्लाहरूमा पुगेर विद्यार्थीहरूलाई आवश्यक कम्प्युटर, लुगाफाटा, कपी, कलम, पुस्तक आदि वितरण गरिरहेकी श्रेष्ठ चार वर्षदेखि निरन्तर समाजसेवामै रमाइरहेकी छिन् । केही सर्ट मुभीमा देखापरेकी श्रेष्ठ सोसल वर्कमै स्नातकोत्तर गर्ने तयारीमा छिन् । आफूमा भएको प्रतिभा मिस नेवामा आएर प्रस्तुत गर्ने अवसर मिलेको बताउने सुदिना समाजसेवामै रमाउन चाहन्छिन्