Successfully Copied

मिस एण्ड मिष्टर सगरमाथा ग्रुमिङमा

यतिखेर दुई दर्जन भन्दा बढी युवा युवतीहरु आफ्नो व्यक्तित्वको विभिन्न आयामहरु निखार्ने तालिममा सहभागि छन् ।

यतिखेर दुई दर्जन भन्दा बढी युवा युवतीहरु आफ्नो व्यक्तित्वको विभिन्न आयामहरु निखार्ने तालिममा सहभागि छन् । यो तालिम लगत्तैं मुल्यांकनको प्रतिस्पर्धामा आफूलाई अब्बल प्रस्तुत गर्नमा उनीहरुले मिहेनत गरिरहेको देखिन्छ । प्रसंग हो नयाा सौन्दर्य प्रतिस्पर्धा ‘मिष्टर एण्ड मिस सगरमाथा २०१७’ को । एड इन्सपिरेसनको आयोजनामा पहिलो पटक संचालन हुन लागेको यो प्रतिस्पर्धाको ग्रुमिङ कार्यमा अगुवाई गरिरहेका छन् प्रतियोगिताका कोरियोग्राफर सनिस शाक्य ।

स्टेज प्रस्तुतिकरण बाहेक अन्य विविध विधामा पनि प्रतियोगिहरुले प्रशिक्षण गरिरहेको कुरा आयोजक पक्षले जनाएको छ । प्रतियोगिता अन्तर्गतकै ट्यालेन्ट राउन्ड पनि सम्पन्न भएको छ । जसमा सहभागिहरुले गायन, नृत्य, अभिनय लगायत अन्य विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । आउँदो माघ ९ गते जमलस्थित राष्ट्रिय नाचघरमा संचालन हुने फाइनल प्रतिस्पर्धामा मिष्टर एण्ड मिस सगरमाथा २०१७ को निक्यौंल हुनेछ ।

 Image